काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरिएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १६, १७ र १८ गते गर्ने भनिएको महाधिवेशन विशेष परिस्थितिका कारण उक्त मितिमा सम्पन्न गर्न नसकिने भएपछि नयाँ मिति तय गरिएको हो ।
प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरका अनुसार २०८३ भदौ २५ गते बसेको केन्द्रीय सचिवालयको बैठकले महाधिवेशनको मिति परिवर्तन गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशन २०८३ साल असोज २२, २३ र २४ गते महोत्तरीको बर्दिबास नगरपालिकामा आयोजना गर्ने निर्णय गरेको छ ।
यसअघि प्रतिष्ठानको पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १६, १७ र १८ गते महाधिवेशन गर्ने निर्णय भएको थियो । विशेष परिस्थितिका कारण निर्धारित मितिमा महाधिवेशन गर्न सम्भव नभएपछि मिति सारिएको अध्यक्ष थापा मगरले जानकारी दिइन् ।
प्रतिष्ठानले मिति परिवर्तनका कारण पर्न गएको असुविधाप्रति सम्बन्धित सबैसँग क्षमायाचना गर्दै महाधिवेशन सफल बनाउन प्राप्त निरन्तर सहयोग, साथ र सहकार्यका लागि धन्यवादसमेत व्यक्त गरेको छ ।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक