logo

बुधबार, भाद्र १७ २०८३

kantipurpationlinetv

२०८३ भाद्र १७ बुधबार

गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्‍यो’ चर्चामा

गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्‍यो’ चर्चामा


  • बुधबार, भाद्र १७ २०८३
  • 91
    SHARES

    काठमाडौं । प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्‍यो’ सार्वजनिक भएको छ ।

    गायिका रोकाकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा उनको एकल स्वर रहेको छ । गीतको शब्द तथा लय सिर्जना पनि सपना रोकाले नै गरेकी हुन् । शिव कनौजे मगरको एरेन्ज रहेको गीत माला श्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

    सागर बाजुरालीले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ खड्क बाजुरालीले गरेका छन् ।

    गीतको म्युजिक भिडियो लोकप्रिय निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् । भिडियोमा चर्चित हास्य कलाकार मेक्सम गौडेल र जुना विश्वकर्माको अभिनय रहेको छ । करण चैसिरले छायांकन गरेको भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका हुन् ।

    ‘त्यो केटाले हेर्‍यो’मा युवतीको उमेरसँगै बढ्दै गएको बैँस, प्रेमप्रतिको कौतूहल र आफूलाई लुकीलुकी हेर्ने युवाप्रतिको चञ्चल भावलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ । ‘त्यो केटाले हेर्‍यो मलाई’ भन्ने मुख्य भावमार्फत गीतले प्रेमको सुरुवाती आकर्षण र युवावस्थाको चञ्चलतालाई दोहोरीको मिठासमा प्रस्तुत गरेको छ ।

    ‘बैँस हो कि मन हो पापी, भेटिएन तालाचाबी’ जस्ता शब्दमार्फत मनमा जागेको प्रेमभावलाई प्रस्तुत गरिएको छ भने आफूलाई बाटो ढुकेर हेर्ने तथा जिम गरेर बनाएको ज्यानले सबैको ध्यान तान्ने प्रसंगलाई पनि गीतमा रोचक ढंगले समेटिएको छ ।

    यसअघि तीन वर्षअघि खेम सेञ्चुरीसँग सपना रोकाले ल्याएको ‘नन्दनी’ गीत लोकप्रिय बनेको थियो । विभिन्न दोहोरी प्रतियोगितामा सहभागिता जनाउँदै प्रथम तथा द्वितीय स्थान हासिल गरेकी रोकाले नयाँ गीतमार्फत आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिएकी छन् ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page