नेपालमा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रवास नेपाली सम्पर्क विभाग जापानले ८ लाख ७ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ।
विभागले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि नेपाल सरकारले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सहयोग गर्न आह्वान गरेको थियो।
विपद्को कठिन परिस्थितिमा प्रवासमा रहेका नेपालीबाट संकलित सहयोग रकम सरकारी राहत कोषमार्फत प्रभावित नागरिकसम्म पुर्याउने उद्देश्यले कोषमा जम्मा गरिएको विभागले जनाएको छ।
विभागले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै विपद्को समयमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।
-
९औँ राष्ट्रिय लोकदोहोरी अवार्डलाई सहयोग गर्नेलाई सम्मान, संगीत र प्रविधिबारे अन्तरक्रिया
-
मुग्लिङ बजारमा गीत विमोचनसँगै कलाकार तथा सञ्चारकर्मीहरु सम्मानित
-
भदौ महिनाको उत्कृष्ट प्रहरी बने प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी
-
इन्स्पेक्टर प्रदीप सुवेदी गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी
-
मौसम सुधार नभएसम्म यात्रा नगर्न प्रधानमन्त्रीको आग्रह