काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईले ११ लाख ३५ हजार २४९ रुपैयाँ सहयोग गरेको छ ।
एनआरएनए एनसीसी यूएईले संकलन गरेको उक्त रकम बाढीपीडितको सहयोगार्थ एनआरएनए आईसीसी सचिव भवानीप्रसाद तिमल्सिना र मध्यपूर्व संयोजक रमेश श्रेष्ठमार्फत हस्तान्तरण गरिएको हो ।
सहयोग रकम नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईका अध्यक्ष भीम मल्ल ठकुरी, महासचिव कमल कार्की, उपाध्यक्ष सबिन योञ्जन तामाङ, कोषाध्यक्ष विनोद बस्नेतलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो ।
बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत तथा सहयोग पुर्याउने उद्देश्यले एनआरएनए एनसीसी यूएईले सहयोग रकम संकलन अभियान सञ्चालन गरेको जनाएको छ ।
संकलित रकम बाढीबाट प्रभावित तथा पीडित नागरिकको राहत र सहयोगमा उपयोग गरिने अध्यक्ष ठकुरीले बताए ।
उनका अनुसार विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्वसमेत भएकाले एनआरएनए एनसीसी यूएईले सहयोग अभियानमार्फत रकम संकलन गरेको हो ।
-
टप दरबार रोधी क्लबका सञ्चालक अशोक गिरीलाई ‘उत्कृष्ट दोहोरी साँझ व्यवसायी सम्मान’
-
टप दरबार रोधी क्लबको भव्य उद्घाटन, चर्चित कलाकारको प्रस्तुतिमा झुमे अतिथिहरू
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा