पोखरा । नेपाली चलचित्र ‘बध’को छायांकन शुक्रबारदेखि पोखराबाट सुरु भएको छ । नेत्र गुरुङको निर्देशनमा निर्माण भइरहेको चलचित्रमार्फत बद्री प्रसाद तिवारीले ठूलो पर्दामा डेब्यु गर्न लागेका हुन् ।
‘बध’ तिवारीको पहिलो चलचित्र हो । यसै फिल्ममार्फत उनले पहिलोपटक नेपाली ठूलो पर्दामा आफ्नो अभिनय प्रस्तुत गर्नेछन् । एक्सन तथा अभिनयमा रुचि राख्दै आएका तिवारीका लागि यो चलचित्र फिल्मी यात्राको महत्वपूर्ण सुरुवात बनेको छ ।
चलचित्रमा आर्यन सिग्देल, बद्री प्रसाद तिवारी, प्रकाश घिमिरे, वर्षा राउत, सोफी धरेल, सौगात करङ्गित, कमल भण्डारी र विकास खनाललगायत कलाकारको अभिनय रहनेछ ।
पोखराबाट सुरु भएको चलचित्रको छायांकन आगामी दिनमा विभिन्न स्थानमा गरिने निर्माण पक्षले जनाएको छ । स्थापित कलाकारसँगै नयाँ प्रतिभालाई समेटिएको ‘बध’ले नेपाली चलचित्र क्षेत्रमा फरक प्रस्तुति दिने अपेक्षा गरिएको छ ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने