नुवाकोट । रसुवामा आएको बाढी–पहिरोबाट प्रभावित भई विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विदुर नगरपालिका–९ का १५० परिवारलाई नेपाल युथ फाउन्डेसन, ललितपुरले पूर्ण किचन सेट वितरण गरेको छ । वडा कार्यालयसँगको समन्वयमा प्रभावित परिवारको आवश्यकताका आधारमा प्रतिपरिवार २१ प्रकारका भान्साका सामग्री उपलब्ध गराइएको हो ।
फाउन्डेसनले वितरण गरेको राहत प्याकेजमा ग्यास सिलिन्डर, ग्यास चुल्हो, प्रेसर कुकर, राइस कुकर, विभिन्न प्रकारका भाँडाकुँडा, बाल्टिनलगायत दैनिक भान्सामा आवश्यक सामग्री छन् । बाढी–पहिरोका कारण घर, सम्पत्ति र दैनिक प्रयोगका सामग्री गुमाएका परिवारलाई लक्षित गरी राहत वितरण गरिएको हो ।
राहत वितरण कार्यक्रममा फाउन्डेसनका संयोजक उमेश रेग्मी, कार्यक्रम अधिकृत रामबाबु राईलगायत सहभागी थिए । वडा कार्यालयको समन्वयमा भएको कार्यक्रममा विदुर–९ का वडाध्यक्ष हरि राम भण्डारी, वडा सदस्य राजकुमार श्रेष्ठलगायत जनप्रतिनिधिको उपस्थिति थियो ।
वडाध्यक्ष भण्डारी र वडा सदस्य श्रेष्ठले विपद्का कारण कठिन अवस्थामा रहेका परिवारको वास्तविक आवश्यकता पहिचान गरी अत्यावश्यक सामग्री उपलब्ध गराएको भन्दै नेपाल युथ फाउन्डेसनप्रति आभार व्यक्त गरे । उनीहरूले विस्थापित परिवारलाई तत्काल राहतसँगै सामान्य जीवनमा फर्किन यस्ता सहयोग महत्वपूर्ण हुने बताए ।
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा