logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

अमेरिकामा राधिका दासीको सत्संग सम्पन्न, ६ हजारभन्दा बढीको उपस्थिति

अमेरिकामा राधिका दासीको सत्संग सम्पन्न, ६ हजारभन्दा बढीको उपस्थिति


  • बुधबार, साउन १४ २०८२
  • 22.2K
    SHARES

    मदरल्याण्ड नेपालको आयोजनामा अमेरिकाको रिचमण्डस्थित मुक्तिनाथ धाममा आयोजित तीनदिने शिव महिना तथा सत्संग प्रवचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा भागवत मञ्जरी राधिका दासी माताको प्रवचन सुन्न बे एरिया लगायत विभिन्न राज्यबाट ६ हजारभन्दा बढी भक्तजनको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएका छन्।

    उक्त कार्यक्रममा माता राधिका दासीको स्वागतस्वरूप प्रिन्स युवराज कार्की र रानु कार्कीले हेलिकप्टरमार्फत पुष्पवृष्टि गरेका थिए।

    कार्यक्रममा ओकल्याण्ड सिटी काउन्सिल सदस्य जननी रामचन्द्रनले राधिका दासीलाई आध्यात्मिक चेतनाका लागि प्रदान गरिएको योगदानको कदरस्वरूप सम्मानपत्र प्रदान गरे। मदरल्याण्ड नेपालका तर्फबाट समेत विभिन्न सहयोगीहरूलाई प्रशंसापत्र वितरण गरिएको थियो।

    माता राधिका दासीले अमेरिकाको भ्रमण छोटो रहेको बताउँदै आगामी दिनहरूमा क्यालिफोर्निया, ओहायो, भर्जिनिया, बाल्टिमोर लगायत अन्य राज्यहरूमा समेत धार्मिक कार्यक्रम विस्तार गर्ने बताइन्।

    यसअघि ओहायो राज्यको ओम सेन्टर र दिव्यधाम ओहायोमा आयोजित विश्वशान्ति महायज्ञमा ३० हजारभन्दा बढी भक्तजन सहभागी भएका थिए। त्यस्तै मेरिल्याण्ड, भर्जिनिया र बाल्टिमोरमा सम्पन्न सत्संग कार्यक्रममा सयौं भक्तजनको सहभागिता रहेको थियो।

    कार्यक्रमको समापनपछि माता राधिका दासी बेलायतको लन्डनतर्फ प्रस्थान गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत ‘अब यात्रा लण्डनतिर… पायक पर्ने भक्तजनलाई निमन्त्रणा’ भन्दै आगामी प्रवचनहरूको जानकारी गराएकी छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page