काठमाडौं, ३० असार । रोजगारीको आशामा दुबई गएका पाँच नेपाली युवा तीन महिनादेखि अलपत्र परेको अवस्थामा उद्दारपछि आज नेपाल फर्किएका छन्। ‘सरोकार केन्द्र नेपाल’को पहलमा दुबईस्थित ‘मिस्टर गुरुङ एन्ड रेस्क्यु टिम’को समन्वयमा उनीहरूको सफलतापूर्वक उद्दार गरिएको हो।
उद्दार गरिएका युवाहरूमा शिवम थापा मगर, दिपेन्द्र कार्की, विशाल कोली, छकबहादुर थापा र सोमबहादुर थापा रहेका छन्। उनीहरूमध्ये चारजना सान एवि ईन्टरनेशल(Shan AB International) मेनपावर कम्पनीमार्फत तीन महिना अघि र एकजना लिन्क ईन्टरनेशनल (Link International) मार्फत एक महिना अघि दुबई गएका थिए।
पीडितहरूका अनुसार, उनीहरूले ‘लेबर भिसा’मा प्रतिव्यक्ति रु. १ लाख ८० हजार बुझाएर वैदेशिक रोजगारीमा गएका थिए। तर दुबई पुगेपछि भने कम्पनीले पूर्व-प्रतिज्ञाबमोजिमको काम र तलब नदिएको र जब सोबारे कुरा राखे, उनीहरूमाथि कुटपिट गर्दै कम्पनीबाट निकालिएको उनीहरूको गुनासो छ।
कम्पनीबाट निकाली अलपत्र पारिएपछि उनीहरूले मिस्टर गुरुङ एन्ड रेस्क्यु टिमलाई सहयोगको लागि सम्पर्क गरेका थिए। रेस्क्यु टिमले उनीहरूलाई सुरक्षित रूपमा उद्दार गरी ३३ दिनसम्म आफ्नै ‘सेफ हाउस’मा आश्रय दिएर सरोकार केन्द्रसँगको समन्वयमा नेपाल फर्काएको हो।
सरोकार केन्द्र नेपाल र मिस्टर गुरुङ एन्ड रेस्क्यु टिम दुबई पछिल्लो समय वैदेशिक रोजगारीमा अलपत्र परेका नेपाली कामदारहरूको जीवनरक्षा गर्ने आशाको केन्द्र बनेका छन्। पछिल्लो दुई सातामा मात्र यी संस्थाहरूले संयुक्तरूपमा १० जनाको सफल उद्दार गरिसकेका छन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण