काठमाडौं । चर्चित गायक खेम सेन्चुरीले नारायण रायमाझीको नयाँ फिल्म ‘बसन्ती’बाट फिल्म अभिनयमा डेब्यु गर्ने भएका छन् । निर्देशक तथा निर्माता रायमाझीले शुक्रबार ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेका हुन् ।
रिमा फिल्मस् प्रालिको प्रस्तुतिमा निर्माण हुने फिल्मको छायांकन शनिबारदेखि सुरु हुने निर्माण पक्षले जनाएको छ । फिल्मको छायांकन काठमाडौं, पाल्पा, जनकपुर र बुटवलका साथै भारतका विभिन्न स्थानमा गरिनेछ ।
यसअघि २०५७ सालमा नीर शाहले पनि ‘बसन्ती’ नाममै फिल्म निर्माण गरेका थिए । उक्त फिल्म प्रदर्शनमा आएको २६ वर्षपछि रायमाझीले सोही नाममा नयाँ फिल्म बनाउन लागेका हुन् । निर्देशकका रूपमा यो रायमाझीको चौथो फिल्म हो । उनले यसअघि ‘गोर्खापल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।
फिल्मको कथा भने निर्माण पक्षले हाल गोप्य राखेको छ । ‘बसन्ती’मा खेम सेन्चुरी र मोडल तेरिया फौजा मगर मुख्य भूमिकामा देखिनेछन् । सेन्चुरीले यसै फिल्मबाट पहिलोपटक अभिनय यात्रा सुरु गर्न लागेका हुन् । उनीहरूका अलावा सुशील पोखरेल, तारा शर्मा, संगीता थापा, सुजन सिंह खड्का, आकाश सुहाङ, प्रशंसा शिवाकोटी, विकास राना, मनोज खड्का, बिजया पौडेल र हरि अधिकारीलगायत कलाकारको अभिनय रहनेछ ।
निर्देशक रायमाझी स्वयंको लगानी रहने फिल्मको कथा रमेश बिजीले लेखेका हुन् । फिल्मको छायांकन शिव ढकालले गर्नेछन् ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा
-
जेनजी आन्दोलनको एक वर्ष : उतारचढाव, स्थिरता र समृद्धिको नयाँ बाटो
-
कांग्रेसले सरकारलाई दियो १ करोड, बाढीपीडितको राहत र पुनर्स्थापनामा खर्च गर्न आग्रह