काठमाडौं । स्वर्गीय कल्पना गैरे स्मृति फाउन्डेसन नेपालको आयोजनामा चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड २०८३ तथा राष्ट्रिय नारी स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । अनामनगरमा आयोजित कार्यक्रममा तीज गीतसँग सम्बन्धित १८ विधामा अवार्ड वितरण गरिनुका साथै विभिन्न क्षेत्रका करिब एक दर्जन कलाकारलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
फाउन्डेसनका अध्यक्ष गायक तथा सर्जक हुम गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसद साजिदा सिद्धिकी प्रमुख अतिथि थिइन् । कार्यक्रममा वरिष्ठ लोकगायिका शिला आले, वरिष्ठ चरित्र अभिनेत्री रश्मी भट्ट, अग्रज गायिका देवी हमाललगायतलाई सम्मान गरिएको थियो । यस्तै, सर्वाधिक भोट प्राप्त गर्ने तीन कलाकार गायक सन्तोष परियार, गायिका रिया सुनार र गायिका बिन्दु थापा (निहारिका) लाई गोल्डेन अवार्ड प्रदान गरिएको थियो ।
फाउन्डेसनका उपाध्यक्ष गायक धिरज खत्रीले तीज गीतसँग सम्बन्धित १८ विधामा अवार्ड वितरण गरिएको जानकारी दिए । उनका अनुसार कार्यक्रममार्फत नेपाली कला–संगीत क्षेत्रमा योगदान पुर्याउने स्रष्टालाई सम्मानसमेत गरिएको हो ।
विशाल मुभिज प्रालिका सीईओ विशाल गैरेले विषम परिस्थितिका बाबजुद विगतका संस्करणझैँ यस वर्षको कार्यक्रम पनि भव्य रूपमा सम्पन्न भएको बताए । उनले नेपाली मौलिक कला, संस्कृति र तीज गीतको प्रवर्द्धनमा यस्ता कार्यक्रमले योगदान पुर्याउने बताए ।
चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड २०८३ का विभिन्न विधाका विजेता तथा सम्मानित कलाकारको नामावली आयोजकले सार्वजनिक गरेको छ । अवार्ड बिजेता तथा सम्मानितहरुको नामावली यस प्रकार रहेको छ । (सुचि सहीत)
१. सर्बोत्कृष्ट तिज गीत – पुश्कल भट्टराई – पिंजडाको चरी
२. सर्बोत्कृष्ट मौलिक तिज गीत गायक – गोबिन्द परियार- कलो चस्मा
३. सर्बोत्कृष्ट तिज गीत गायिका – रिया सुनार- झुम्का कस्तो छ
४. सर्बोत्कृष्ट तिज गीत गायिका जुरी – प्रमिला पुन – मै छोरी चेलीलाई
५. सर्बोत्कृष्ट तिज गीत गायक – शिब शर्मा – जोवान सियारी
६. सर्बोत्कृष्ट तिज गीत गायक जुरी – बाबुराम परियार – मेरै राज कुमार
७. सर्बोत्कृष्ट तिज गीत – नव गायिका – बिन्दु थापा (निहारिका) – फुल देविलाइ
८. सर्बोत्कृष्ट तिज गीत नव गायक – सन्तोष परियार – नाँच फनीनी
९. सर्बोत्कृष्ट तिज गीत नव गायक पब्लीक च्वाईस् – राजेन्द्र क्षेत्री – मै राम्री छु ए राजै
१०. सर्बोत्कृष्ट तिज गीत शब्द संकलक – कुमार काकी – ढल्की ढल्की
११. सर्बोत्कृष्ट तिज गीत लय संकलक – प्रकाश पन्त – डालिको मैना
१२. सर्बोत्कृष्ट तिज गीत लय संकलक जुरी – मन्त्री कौशल – दिदि बैनी हो
१३. सर्बोत्कृष्ट तिज गीत छायाकंन – नक्कले प्रेम स्याङतान – सिङ्गापुरे सारी
१४. सर्बोत्कृष्ट तिज गीत मोडल महिला – संगीता तामाङ (मैचा) – बैंश ढल ढल
१५. सर्बोत्कृष्ट लाईभ तिज गीत गायक – राम परियार
१६. बर्षको सर्बोत्कृष्ट तिज गीत रेकर्डिष्ट – सागर बाजुराली – म्वाई खाँदै म्वाई खाँदै
१७. बर्षको सर्बोत्कृष्ट तिज गीत मञ्च प्रस्तुती – बिमला बिश्वकर्मा
१८. बर्षको सर्बोत्कृष्ट तिज गीत मञ्च प्रस्तुती – नव प्रतिभा
सम्मानित ब्यक्तित्वहरुः
१, सम्मानित ब्यक्तित्व बरिष्ठ लोक गायिका शिला आले
२, सम्मानित ब्यक्तित्व बरिष्ठ चरित्र अभिनेत्री रश्मी भट्ट
३, सम्मानित ब्यक्तित्व बशिष्ठ गायिका देबि हमाल
४. सम्मान मोडल,निर्देशक लिलाराज बानियाँ
५, सम्मान मोडल निर्देशक बिजेन्द्र नौबागे
६, सम्मान मोडल निर्देशक प्रदिप कुमार रसाईली
७, सम्मान लोक गायक मोतीराज खनाल
८, सम्मान लोक दोहोरी गायिका बिमला सुनार
९, सम्मान महिला उधमी पुष्पा बिसी
१०, सम्मान मोडल पवन बराईली
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा
-
जेनजी आन्दोलनको एक वर्ष : उतारचढाव, स्थिरता र समृद्धिको नयाँ बाटो
-
कांग्रेसले सरकारलाई दियो १ करोड, बाढीपीडितको राहत र पुनर्स्थापनामा खर्च गर्न आग्रह