काठमाडौं- यस वर्षको ‘ग्लोबल हिरो अवार्ड’ नेपालका ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई प्रदान गरिने भएको छ।
यो अवार्ड आगामी जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरमा ग्लोबल नेपालीद्वारा आयोजित समारोहमा प्रदान गरिनेछ।
ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ-आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिलाई यो सम्मान दिने गरेको छ ।
यस वर्ष विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक शाही र नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक घिसिङलाई उनीहरूको योगदानका लागि प्रदान गर्न लागिएको हो। शाही युवा नेता र सामाजिक अभियन्ताका रूपमा परिचित छन् । उनले भ्रष्टाचारविरुद्धको अभियान, सुशासनको वकालत र जनजीविकाका सवालहरूमा आवाज उठाउँदै आएका छन् ।
त्यसैगरी, कुलमान नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक हुन् । जसलाई नेपालमा लोडसेडिङ अन्त्यको श्रेय दिइन्छ।
उनकै नेतृत्वमा नेपालले दशकौँ लामो लोडसेडिङबाट मुक्ति पाएको थियो। घिसिङको यो योगदानले नेपालीको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको छ ।
न्यूयोर्कमा आयोजना हुने यो कार्यक्रममा नेपाली डायस्पोरासहित विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति हुने अपेक्षा छ।
ग्लोबल नेपालीले नेपालका प्रतिभा र राष्ट्रका लागि समर्पित व्यक्तित्वलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर उनीहरूको योगदानलाई कदर गर्दै आएको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने