logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

कुलविर थापाको संयोजकत्वमा जापानमा ‘सांस्कृतिक अध्ययन परिषद्’ शाखा गठन

कुलविर थापाको संयोजकत्वमा जापानमा ‘सांस्कृतिक अध्ययन परिषद्’ शाखा गठन


  • शुक्रबार, साउन ९ २०८२
  • 22.9K
    SHARES

    जापान – सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालअन्तर्गत विदेश समन्वय परिषद्को जापान शाखा गठन गरिएको छ। ओसाकामा आयोजित विशेष कार्यक्रममा परिषद्का वरिष्ठ उपाध्यक्ष तथा चर्चित गायक विष्णु खत्रीको उपस्थितिमा शाखाको औपचारिक घोषणा गरिएको हो।

    यसअघि युरोपमा पनि शाखा गठन गरिसकेको परिषद्ले प्रवासी नेपालीहरूमाझ नेपाली भाषा, कला, संगीत र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित शाखा विस्तार गरिरहेको छ।

    कार्यक्रममा गायक खत्रीले विदेशमा रहेका नेपालीहरूद्वारा नेपाली संस्कृतिप्रति देखाइएको लगाव र सक्रियता प्रशंसनीय रहेको बताउँदै जापान शाखामार्फत थप प्रभावकारी काम हुने विश्वास व्यक्त गरे। उनले परिषद्को अभियानलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउने प्रतिबद्धता पनि जनाए।

    जापान शाखाको संयोजकमा ओसाकावासी कुलविर थापा चयन भएका छन्। उनको नेतृत्वमा गठन गरिएको समिति यसप्रकार छ:

    संयोजक – कुलविर थापा (ओसाका)
    उप–संयोजक – बिपिन खत्री (टोकियो)
    सचिव – दिनेश थापा (टोकियो)
    सह–सचिव – कुशल भण्डारी (टोकियो)
    कोषाध्यक्ष – मनु थापा (नागोया)
    सह–कोषाध्यक्ष – तुलविर थापा (आईची)
    प्रवक्ता – सुशिल ज्ञवाली

    सदस्यहरू
    काजल गुरुङ (ओसाका), बिन्दु मल्ल ठकुरी (नागोया), नारायण थापा (ओसाका), रेशम परियार (टोकियो), प्रशान्त मल्ल (चिवा), सागर थापा (फुकुओका), प्रकाश कडेल (सेन्दाई), केशव शर्मा (ओसाका), हिमाल जंग क्षेत्री (नागोया), भिमसेन अर्याल (टोकियो), बिमल भण्डारी (ईवाराकी)

    खेलकुद विभाग
    संयोजक – रवि केसी (टोकियो)
    सदस्य – दिपक कार्की (टोकियो), पदम थापा (टोकियो)

    सल्लाहकार समिति
    नविन निउरे (चिवा),
    रविन अधिकारी (ओसाका),
    यदुराम सापकोटा (ओसाका),
    दिलबहादुर थापा ‘रामु’ (टोकियो),
    भिम काउचा (ओसाका),
    मनबहादुर सलामी (ओसाका),
    राजु कडेल (टोकियो)


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page