काठमाडौं। गायक तथा अभिनेता प्रकाश सपुतले आफू पुनः मनोरञ्जन क्षेत्रमै फर्किने घोषणा गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत उनले फिल्म तथा संगीत क्षेत्रमै सक्रिय हुने बताएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट समानुपातिक उम्मेदवार बनेका सपुत अन्तिम सूचीमा चयन हुन सकेनन्। निर्वाचन आयोगले समानुपातिकतर्फका विजेता उम्मेदवार घोषणा गरेसँगै उनले आफ्नो आगामी दिशा स्पष्ट गरेका हुन्।
रास्वपाले उनलाई दलित पुरुष क्लस्टरबाट उम्मेदवार बनाएको थियो। चुनावअघि उनी नयाँ पहिचान र जिम्मेवारीसहित पार्टीको राजनीतिक गतिविधिमा सक्रिय थिए भने अन्य उम्मेदवारहरूको चुनावी अभियानमा पनि सहभागी भएका थिए।
सपुतले सामाजिक सञ्जालमा लेख्दै अब जनतालाई मनोरञ्जन दिने काममा फर्किन चाहेको बताएका छन्। उनले आफ्नो बाल्यकालदेखिको सामाजिक तथा राजनीतिक चेतलाई केही समयका लागि बिसाएर केवल मनोरञ्जनकर्मीका रूपमा अघि बढ्ने उल्लेख गरेका छन्।
उनले आफू समाज र राज्यको नजरमा समान व्यक्तिका रूपमा रहन चाहेको पनि बताएका छन्। साथै, परिवर्तनको पक्षमा उभिँदा समस्या आए गाउँ फर्केर हलो समात्न पनि तयार रहेको संकेत गरेका छन्। उनले भविष्यमा सम्भावित राजनीतिक नियुक्ति स्वीकार नगर्ने पनि संकेत गरेका छन्।
यसअघि नै समानुपातिक सूचीमा नपरेपछि सपुतले कन्सर्टमा फर्किने घोषणा गरिसकेका थिए। आगामी कार्यक्रमअन्तर्गत १७ चैतमा आयरल्याण्डमा उनको प्रस्तुति तय भएको छ।
फिल्मतर्फ उनी अभिनित चलचित्र ‘परालको आगो’ प्रदर्शनको तयारीमा रहेको छ।
-
अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका चिकित्सक टोली उज्बेकिस्तान प्रस्थान
-
आयुक्त बन्ने आकांक्षाले पूर्व एआईजी शर्माले गरे प्रहरीमाथि कारबाही
-
तालपोखरी जात्रा २०८२ हुदै: २१ औं खुल्ला भलिबल प्रतियोगिता मुख्य आकर्षण
-
कान्तिपुर जनरल हस्पिटलद्वारा एकीकृत समृद्धि नेपाललाई आर्थिक सहयोग
-
गोरखा–२ मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीको निर्वाचन खर्च २२ लाख ५५ हजार