काठमाडौं: नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) हस्तान्तरण गरेको छ।
शुक्रबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले उक्त सेवा वाहन आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा आश्रमका अभिभावक पवन सिंघानियाले स्वागत मन्तव्य व्यक्त गर्दै सेवा प्रवाह तथा दैनिक कार्य सञ्चालनमा भइरहेको कठिनाइ न्यूनीकरणमा उक्त वाहनले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सो अवसरमा बैंकका सीईओ ज्ञवालीले सडक आश्रित मानवहरूको व्यवस्थापनमा आश्रमले पुर्याएको योगदान सराहनीय रहेको बताए। उनले यस्ता सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्न पाउँदा बैंकलाई खुसी लागेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता पहलमा सहकार्य गर्न तयार रहेको धारणा राखे।
आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले सेवा वाहन अभावका कारण दैनिक कार्य सञ्चालन र लक्षित व्यक्तिसम्म सेवा पुर्याउन कठिनाइ भइरहेको अवस्थामा बैंकबाट प्राप्त सहयोगले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने बताए।
मानवसेवा आश्रमले देशका सातै प्रदेशमा सेवा केन्द्र विस्तार गरी हालसम्म करिब १३ हजार जनाको उद्धार गरिसकेको जनाएको छ।
नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक वर्ष आवश्यक मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण