काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) पदमा कल्याण विक्रम पाँडे नियुक्त भएका छन्। पाँडेले गत साउन २९ गतेदेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार ग्रहण गरेका हुन्।
बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव हासिल गरेका पाँडेले यसअघि ग्लोबल आइएमई बैंक, साविक जनता बैंक, लक्ष्मी बैंक तथा कुमारी बैंकलगायतका बैंकमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।
पाँडेले बंगलोर विश्वविद्यालयबाट वित्त विषयमा प्रथम श्रेणीमा एमबीए तथा अलिगढ मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा अनर्ससहित बी–टेक उपाधि हासिल गरेका छन्।
उनसँग बैंकिङ क्षेत्रमा योजना तथा कार्यान्वयन, कर्पोरेट तथा पूर्वाधार बैंकिङ, एसएमई तथा रिटेल बैंकिङ, व्यवसाय रूपान्तरण तथा डिजिटलाइजेसन, जोखिम व्यवस्थापन तथा अनुपालन, ट्रेड फाइनान्स तथा ट्रान्जेक्सन बैंकिङलगायतका क्षेत्रमा गहिरो अनुभव रहेको छ।
त्यस्तै, मर्जर, एक्विजिसन तथा एकीकरण, वित्तीय विश्लेषण तथा उत्पादन विकास, दिगो तथा हरित बैंकिङलगायतका क्षेत्रमा समेत उनले महत्वपूर्ण अनुभव हासिल गरेका छन्।
नेतृत्व क्षमता तथा नतिजामुखी कार्यशैलीका लागि परिचित पाँडेको नियुक्तिले बैंकको व्यवसाय विस्तार, सेवा प्रवाहमा सुधार तथा रणनीतिक लक्ष्य प्राप्तिमा थप योगदान पुग्ने माछापुच्छ्रे बैंकले विश्वास लिएको छ।
बैंकले उनको लामो बैंकिङ अनुभव र वित्तीय विशेषज्ञताबाट संस्थाको समग्र व्यवसायिक क्षमता अभिवृद्धि हुनुका साथै आगामी दिनमा बैंकिङ सेवाको गुणस्तर र प्रभावकारिता थप सुदृढ हुने अपेक्षा गरेको जनाएको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने