काठमाडौं। फिल्म ‘आबाट आमा’ ले आइतबार प्रदर्शनको ५१ दिन पूरा गरेको छ। यस अवसरमा राजधानीमा आयोजित समारोहमा निर्माण पक्षले प्राविधिक, कलाकार, सञ्चारकर्मी, वितरक तथा प्रदर्शकलाई सम्मानपत्र प्रदान गरेको छ।
कार्यक्रममा निर्देशक चन्द्र पन्तले दर्शकप्रति आभार व्यक्त गर्दै फिल्मलाई निरन्तर साथ दिएकोमा धन्यवाद दिएका छन्। उनका अनुसार, फिल्म हाल मुलुकका २५ वटा हलमा प्रदर्शन भइरहेको छ।
चलचित्र विकास बोर्डका अनुसार फिल्मले हालसम्म कम्तीमा १३ करोड रुपैयाँ ग्रस आम्दानी पार गरेको छ। पहिलो भागले व्यावसायिक सफलता हासिल गरेसँगै दोस्रो श्रृंखला निर्माणको घोषणा पनि गरिएको छ।
निर्देशक पन्तका अनुसार ‘आबाट आमा २’ को छायांकन आगामी बैशाख दोस्रो साताभित्र सुरु गर्ने तयारी छ। उनले दोस्रो श्रृंखलाको कथावस्तु पूर्ण रूपमा फरक हुने बताउँदै अघिल्लो कथासँग कुनै प्रत्यक्ष सम्बन्ध नरहेको स्पष्ट पारे।
उनका अनुसार दोस्रो भागमा नयाँ कथा र इमोसन समेटिनेछ भने सकेसम्म नयाँ कलाकारलाई समावेश गरिनेछ। हालसम्म अभिनेता पल शाह मात्र दोस्रो श्रृंखलाका लागि अनुबन्धित भएका छन्। अन्य कलाकारहरू भने टुंगो लागिसकेको छैन।
प्राविधिक टोली भने अघिल्लो भागकै रहने जनाइएको छ।
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
चाँगुनारायणमा राष्ट्रियस्तरीय सो–क्योकुशिन फुल कन्ट्याक्ट कराते प्रतियोगिताको तयारी पूरा, २५० भन्दा बढी खेलाडी सहभागी हुने
-
घान्द्रुकमा खुल्यो १५ करोड लगानीको आरजे बुटिक होटल
-
कोरियन ब्यूटी स्किल अब नेपालमै, ओपाल ग्लोबल स्किल्स एकेडेमीले ल्यायो नयाँ तालिम