काठमाडौं: राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘ग्लोबल मनि विक २०२६’ का अवसरमा शुक्रबार ‘स्मार्ट मनि टक्स’ कार्यक्रम सम्पन्न गरेको छ।
काठमाडौंको नयाँ बानेश्वरस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले वित्तीय साक्षरता विद्यालय तहदेखि नै आवश्यक रहेको बताएका छन्। उनले पैसाको उचित व्यवस्थापन र प्रयोगका लागि सचेतना अभिवृद्धि गर्न सके व्यक्तिले उपलब्ध स्रोतको प्रभावकारी सदुपयोग गरी अधिकतम लाभ लिन सक्ने उल्लेख गरे।
खनालले युवा तथा विद्यार्थीहरूले वित्तीय विषयमा पर्याप्त जानकारी राख्नुपर्नेमा जोड दिँदै यस क्षेत्रको सचेतना विस्तारमा बैंकले निरन्तर पहल गर्दै आएको बताए। उनले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै वित्तीय क्षेत्रमा नयाँ चुनौतीहरू थपिएको उल्लेख गर्दै देशव्यापी रूपमा वित्तीय सचेतनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद भट्ट, बैंकका उपकार्यकारी अधिकृत विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल र रामकुमार थापा लगायत विभागीय प्रमुखहरू आनन्द सुवेदी, सचिन कुमार श्रेष्ठ तथा उपप्रमुख उभार पाण्डे सहभागी थिए।
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
जन्मदिनमा फजुल खर्च कटाएर मानव सेवा आश्रमका वृद्धवृद्धालाई भोजन गराइन् गायिका मधु रसाइलीले
-
गोरखाली गायक पारस राज अधिकारीको नयाँ तीज गीत ‘मुस्काउँदा मुसुक्क’ सार्वजनिक
-
विद्यार्थीमा डिजिटल सीप विकास गर्न लुईटेलमा आईसीटी तथा एआई बुटक्याम्प सुरु