काठमाडौं: राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘ग्लोबल मनि विक २०२६’ का अवसरमा शुक्रबार ‘स्मार्ट मनि टक्स’ कार्यक्रम सम्पन्न गरेको छ।
काठमाडौंको नयाँ बानेश्वरस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले वित्तीय साक्षरता विद्यालय तहदेखि नै आवश्यक रहेको बताएका छन्। उनले पैसाको उचित व्यवस्थापन र प्रयोगका लागि सचेतना अभिवृद्धि गर्न सके व्यक्तिले उपलब्ध स्रोतको प्रभावकारी सदुपयोग गरी अधिकतम लाभ लिन सक्ने उल्लेख गरे।
खनालले युवा तथा विद्यार्थीहरूले वित्तीय विषयमा पर्याप्त जानकारी राख्नुपर्नेमा जोड दिँदै यस क्षेत्रको सचेतना विस्तारमा बैंकले निरन्तर पहल गर्दै आएको बताए। उनले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै वित्तीय क्षेत्रमा नयाँ चुनौतीहरू थपिएको उल्लेख गर्दै देशव्यापी रूपमा वित्तीय सचेतनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद भट्ट, बैंकका उपकार्यकारी अधिकृत विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल र रामकुमार थापा लगायत विभागीय प्रमुखहरू आनन्द सुवेदी, सचिन कुमार श्रेष्ठ तथा उपप्रमुख उभार पाण्डे सहभागी थिए।
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक
-
गायक राजन भुजेलले ल्याए पञ्चेबाजा गीत म जन्मेको ठाउँ: भिडियोमा सफल र हर्षिता