काठमाडौं। फिल्म ‘आबाट आमा’ ले आइतबार प्रदर्शनको ५१ दिन पूरा गरेको छ। यस अवसरमा राजधानीमा आयोजित समारोहमा निर्माण पक्षले प्राविधिक, कलाकार, सञ्चारकर्मी, वितरक तथा प्रदर्शकलाई सम्मानपत्र प्रदान गरेको छ।
कार्यक्रममा निर्देशक चन्द्र पन्तले दर्शकप्रति आभार व्यक्त गर्दै फिल्मलाई निरन्तर साथ दिएकोमा धन्यवाद दिएका छन्। उनका अनुसार, फिल्म हाल मुलुकका २५ वटा हलमा प्रदर्शन भइरहेको छ।
चलचित्र विकास बोर्डका अनुसार फिल्मले हालसम्म कम्तीमा १३ करोड रुपैयाँ ग्रस आम्दानी पार गरेको छ। पहिलो भागले व्यावसायिक सफलता हासिल गरेसँगै दोस्रो श्रृंखला निर्माणको घोषणा पनि गरिएको छ।
निर्देशक पन्तका अनुसार ‘आबाट आमा २’ को छायांकन आगामी बैशाख दोस्रो साताभित्र सुरु गर्ने तयारी छ। उनले दोस्रो श्रृंखलाको कथावस्तु पूर्ण रूपमा फरक हुने बताउँदै अघिल्लो कथासँग कुनै प्रत्यक्ष सम्बन्ध नरहेको स्पष्ट पारे।
उनका अनुसार दोस्रो भागमा नयाँ कथा र इमोसन समेटिनेछ भने सकेसम्म नयाँ कलाकारलाई समावेश गरिनेछ। हालसम्म अभिनेता पल शाह मात्र दोस्रो श्रृंखलाका लागि अनुबन्धित भएका छन्। अन्य कलाकारहरू भने टुंगो लागिसकेको छैन।
प्राविधिक टोली भने अघिल्लो भागकै रहने जनाइएको छ।
-
अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका चिकित्सक टोली उज्बेकिस्तान प्रस्थान
-
आयुक्त बन्ने आकांक्षाले पूर्व एआईजी शर्माले गरे प्रहरीमाथि कारबाही
-
तालपोखरी जात्रा २०८२ हुदै: २१ औं खुल्ला भलिबल प्रतियोगिता मुख्य आकर्षण
-
कान्तिपुर जनरल हस्पिटलद्वारा एकीकृत समृद्धि नेपाललाई आर्थिक सहयोग
-
गोरखा–२ मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीको निर्वाचन खर्च २२ लाख ५५ हजार