logo

आइतबार, चैत्र ७ २०८२

kantipurpationlinetv

२०८२ चैत्र ७ आइतबार

गगनले नैतिकताका आधारमा दिएको राजीनामा कांग्रेसद्वारा अस्वीकार

गगनले नैतिकताका आधारमा दिएको राजीनामा कांग्रेसद्वारा अस्वीकार


  • आइतबार, चैत्र ७ २०८२
  • 2.3K
    SHARES

    ८ चैत, काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीको हारको नैतिक जिम्मेवारी लिँदै दिएको राजीनामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकले अस्वीकार गरेको छ।

    शुक्रबार र आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सभापतिको राजीनामा अस्वीकार गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो। उक्त प्रस्ताव उपसभापति विश्वप्रकाश शर्माले बैठकमा पेश गरेका थिए।

    पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर नैतिक जिम्मेवारी लिँदै विधानको धारा २६ (१) बमोजिम राजीनामा दिएका थिए।

    प्रवक्ता चालिसेले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, केन्द्रीय कार्यसमितिको बैठकले उक्त राजीनामा सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको हो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech