लमजुङ: लमजुङको दोर्दी गाउँपालिका–४ मा दोर्दी आधारभूत अस्पतालको भव्य उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष युबराज अधिकारीको प्रमुख आतिथ्यतामा बिहीबार आयोजित कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।
वडा नं. ४ का अध्यक्ष मीनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले विशेष अतिथिका रूपमा सहभागी थिए। साथै प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, वडाअध्यक्षहरू, कार्यपालिका सदस्य, शाखा प्रमुख, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
अस्पताल सञ्चालनमा आएसँगै अब स्थानीयस्तरमै प्राथमिक स्वास्थ्य सेवा, मातृ तथा शिशु स्वास्थ्य सेवा लगायतका उपचार सुविधा सहज रूपमा उपलब्ध हुने गाउँपालिकाले जनाएको छ। यसले टाढाका अस्पताल धाउनुपर्ने बाध्यता घटाउँदै समय, खर्च र श्रम बचत हुने अपेक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष युबराज अधिकारीले अस्पताल सञ्चालनसँगै नागरिकले आधारभूत स्वास्थ्य सेवाका लागि बाहिर धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे। “अब आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा हामीले महत्वपूर्ण कदम चालेका छौं,” उनले भने, “यसले स्थानीयको जीवनस्तर सुधारमा टेवा पुर्याउनेछ।”
त्यस्तै, वडा नं. ४ का अध्यक्ष मीनबहादुर गुरुङले अस्पताल स्थापना स्थानीयवासीको लामो समयदेखिको माग पूरा भएको बताए। “यो अस्पताल सञ्चालनमा आएपछि विशेषगरी गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई ठूलो राहत पुग्नेछ,” उनले भने।
गाउँपालिकाले सबै नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको पनि जनाएको छ। साथै, बीमित नागरिकहरूलाई पहिलो उपचार (फर्स्ट भिजिट) आफ्नै दोर्दी आधारभूत अस्पतालमै गर्न गाउँपालिकाले अनुरोध गरेको छ।
गाउँपालिकाले स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याउने उद्देश्यसहित पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी