logo

शनिबार, साउन १० २०८२

kantipurpationlinetv

२०८२ साउन १० शनिबार

एनआरएनए जापान: चर्चिल कार्की केन्द्रीय सदस्य पदका लागि उम्मेदवार, युवा पुस्ताको प्रतिनिधित्वमा जोड

एनआरएनए जापान: चर्चिल कार्की केन्द्रीय सदस्य पदका लागि उम्मेदवार, युवा पुस्ताको प्रतिनिधित्वमा जोड


  • बुधबार, साउन ७ २०८२
  • 8.4K
    SHARES

    टोकियो, जापान — “अहिलेकै आवश्यकता, NRNA मा युवा पुस्ता” भन्ने मूल नारासहित चर्चिल कार्कीले गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी २०२५–२०२७ कार्यकालका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

    एनआरएनए जापानको १२औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा चर्चिल कार्कीले संस्था रूपान्तरणको लागि युवाको नेतृत्व अपरिहार्य भएको प्रस्ट पारेका छन्। उनले युवापुस्ताको सोच, जोश र इमानदारीलाई संस्थामा समाहित गर्दै एनआरएनएलाई अझ प्रभावकारी र उत्तरदायी बनाउने अठोट लिएका छन्।

    उनी जापानस्थित नेपाली व्यवसायिक समुदायमा पनि सशक्त उपस्थिति राख्ने युवा व्यवसायी हुन्। हाल उनी टोकियोमा सफलतापूर्वक त्रिसरा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। यससँगै, उनले सूचना, प्रविधि तथा प्राविधिक मामिलातर्फको जिम्मेवारी सम्हाल्दै एनआरएनए जापानको गत कार्यसमितिमा विभागीय सदस्यका रूपमा उल्लेखनीय योगदान पुर्‍याएका थिए।

    चर्चिल कार्कीको एजेन्डा यस्तो छ:

    युवा नेतृत्वलाई प्राथमिकता दिँदै संगठनलाई ऊर्जावान बनाउने।
    पारदर्शिता र जवाफदेहीतामा आधारित नेतृत्व।
    प्रविधिमैत्री संस्थागत संरचनाको निर्माण।
    सम्पूर्ण जापानवासी नेपालीको आवाज बुलन्द गर्ने नेतृत्व।

    चर्चिल कार्की भन्छन्,

    “एनआरएनए सबै नेपालीको साझा संस्था हो। यसलाई चलाउन नयाँ सोच, जवाफदेहीपन र समर्पण आवश्यक छ। मलाई विश्वास छ — तपाईंहरूको साथ र समर्थनले हामी नयाँ युगको सुरुवात गर्न सक्छौं।”

    उनी सबै जापानवासी नेपालीहरूलाई मतदान प्रक्रियामा सहभागी भई आफ्नो अमूल्य मत प्रदान गर्न अनुरोध गर्दै भन्न्छन् —

    “तपाईंको एक मत, एनआरएनएको भविष्यको आधार!”


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech