logo

मंगलबार, साउन १२ २०८३

kantipurpationlinetv

२०८३ साउन १२ मंगलबार

आँबुखैरेनी गाउँपालिकाको १०० प्रतिशत छात्रवृत्तिमा अमृत प्रजा चेपाङ समुदायबाट कक्षा १२ उत्तीर्ण गर्ने पहिलो विद्यार्थी

आँबुखैरेनी गाउँपालिकाको १०० प्रतिशत छात्रवृत्तिमा अमृत प्रजा चेपाङ समुदायबाट कक्षा १२ उत्तीर्ण गर्ने पहिलो विद्यार्थी


  • शनिबार, भाद्र ६ २०८२
  • 70
    SHARES

    तनहुँ। आँबुखैरेनी गाउँपालिका–५ खोलागाउँका अमृत प्रजा चेपाङ समुदायबाट गाउँपालिकाको १०० प्रतिशत छात्रवृत्तिमा कक्षा १२ उत्तीर्ण गर्ने पहिलो विद्यार्थी बन्नुभएको छ।

    सोही गाउँपालिकास्थित रामशाह माध्यमिक विद्यालयबाट उहाँले कक्षा १२ उत्तीर्ण गर्नुभएको हो। चेपाङ समुदायबाट पहिलो पटक यस्तो उपलब्धि हासिल हुनु गाउँपालिका र समुदाय दुवैका लागि गौरवको विषय बनेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो।

    भेटघाटका क्रममा अध्यक्ष चुमानले अमृत प्रजाको उच्च शिक्षाको यात्रा सहज बनाउन गाउँपालिकाबाट आवश्यक सबै सहयोग तथा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    त्यस अवसरमा चेपाङ, भुजेललगायतका सिमान्तकृत समुदायमा शिक्षाको पहुँच विस्तार, छात्रवृत्ति प्रणालीलाई अझ प्रभावकारी बनाउने तथा समावेशी विकासलाई सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page