गोरखा — गोरखाको शहीद लखन गाउँपालिका–४, बाँझोगह्रामा अज्ञात व्यक्तिले घरमै पसेर एक वृद्धाको सुनको मुन्द्रा लुटेका छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार स्थानीय ८५ वर्षीया दिलमाया रानामगर घरमा एक्लै रहेको अवस्थामा गएराति करिब १०:१५ बजे एक अज्ञात व्यक्ति घरभित्र प्रवेश गरेको थियो। त्यसक्रममा ती व्यक्तिले वृद्धाले दुवै कानमा लगाएको करिब ५.५ ग्राम तौलको सुनको मुन्द्रा कानको लोती नै च्यातिने गरी तानेर लुटी फरार भएको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयवासी तथा जनप्रतिनिधिले तत्काल प्रहरीलाई जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ। साथै, घटनाबारे थप अनुसन्धान भइरहेको र शंकास्पद तथा अपरिचित व्यक्ति देखिए तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरिएको छ।
-
सार्वजनिक बिदाका दिनसमेत खुला रहने बारपाक सुलिकोट गाउँपालिकाको कार्यालय
-
१३औँ म्युजिक खबर म्युजिक अवार्डमा शम्भुजित बास्कोटालाई दीर्घ साधना सम्मान
-
मर्स्याङ्दी गाउँपालिकाको ६८ करोड ७३ लाख रुपैयाँ बजेट, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
-
ऐतिहासिक लिगलिगे दौडको प्रारम्भिक स्थलमा सरसफाई तथा वृक्षारोपण सम्पन्न
-
मर्स्याङ्दी गाउँपालिकाद्वारा कक्षा १–८ का लागि ‘हाम्रो मर्स्याङ्दी’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक