logo

बुधबार, असार २४ २०८३

kantipurpationlinetv

२०८३ असार २४ बुधबार

तारकेश्वर नगरपालिकामा सीसीटीभी जडानका लागि सम्झौता

तारकेश्वर नगरपालिकामा सीसीटीभी जडानका लागि सम्झौता


  • बुधबार, असार २४ २०८३
  • 91
    SHARES

    काठमाडौं — तारकेश्वर नगरपालिका क्षेत्रभित्र सीसीटीभी जडान गर्ने सम्बन्धमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र तारकेश्वर नगरपालिकाबीच सम्झौता भएको छ।

    सम्झौता–पत्रमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौर र तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले हस्ताक्षर गरी आदानप्रदान गरेका हुन्।

    सम्झौता कार्यक्रममा नगर प्रमुख महर्जनले समाजमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न सीसीटीभी प्रणाली प्रभावकारी माध्यम हुने भएकाले नगरपालिकाले उक्त कार्यलाई प्राथमिकताका साथ अघि बढाएको बताए।

    कार्यक्रममा एआईजी राठौरले स्थानीय सरकार सुरक्षा व्यवस्थापनका महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै नागरिक सुरक्षालाई प्राथमिकता दिँदै सुरक्षा क्षेत्रमा गरिएको लगानीको प्रशंसा गरे। उनले शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न तथा अनुसन्धानलाई थप प्रमाणमुखी र प्रभावकारी बनाउन सीसीटीभीको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरे।

    सम्झौता कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गोविन्द थपलिया, प्रहरी वरिष्ठ उपरीक्षक, तारकेश्वर नगरपालिकाका प्रशासकीय अधिकृत, प्रहरी उपरीक्षक तथा अन्य प्रहरी अधिकृत एवं कर्मचारीहरूको उपस्थिति रहेको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page