गोरखा । पालुङटार नगरपालिकाले भूमि उपयोग परिवर्तन गर्न चाहने नगरवासी तथा सरोकारवालालाई आवश्यक आधार, कारण र प्रमाणसहित तीन दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको छ।
नेपाल सरकारले हालै जारी गरेको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ मार्फत भूमि उपयोग ऐन, २०७६ मा संशोधन गर्दै स्थानीय तहलाई एकपटकका लागि भूमि उपयोग परिवर्तन गर्ने अधिकार प्रदान गरेपछि नगरपालिकाले सोही व्यवस्थाअनुसार प्रक्रिया अघि बढाएको हो।
नगरपालिकाको असार २१ गते बसेको कार्यपालिका बैठकले भूमि उपयोग परिवर्तन तथा भूमि उपयोग क्षेत्र वर्गीकरण छुटसम्बन्धी कार्य अगाडि बढाउने निर्णय गरेको जनाएको छ।
संशोधित कानुनी व्यवस्थाअनुसार भूमि उपयोग ऐन, २०७६ को दफा ८ को उपदफा (२क) ले स्थानीय भूमि उपयोग परिषद्लाई एकपटकका लागि भूमि उपयोग परिवर्तन गर्न सक्ने अधिकार दिएको छ। सोही प्रावधान कार्यान्वयनका लागि नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित सबैलाई निर्धारित समयभित्र निवेदन दिन अनुरोध गरेको हो।
प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी. द्वारा जारी सूचनामा समयसीमाभित्र प्राप्त निवेदनका आधारमा प्रचलित कानुन तथा अध्यादेशबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।
नगरपालिकाले सम्बन्धित वडा कार्यालय तथा सरोकारवाला निकायलाई पनि सूचना कार्यान्वयनमा आवश्यक समन्वय र सहयोग गर्न आग्रह गरेको छ।
-
सार्वजनिक बिदाका दिनसमेत खुला रहने बारपाक सुलिकोट गाउँपालिकाको कार्यालय
-
१३औँ म्युजिक खबर म्युजिक अवार्डमा शम्भुजित बास्कोटालाई दीर्घ साधना सम्मान
-
मर्स्याङ्दी गाउँपालिकाको ६८ करोड ७३ लाख रुपैयाँ बजेट, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
-
ऐतिहासिक लिगलिगे दौडको प्रारम्भिक स्थलमा सरसफाई तथा वृक्षारोपण सम्पन्न
-
मर्स्याङ्दी गाउँपालिकाद्वारा कक्षा १–८ का लागि ‘हाम्रो मर्स्याङ्दी’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक