काठमाडौं, असार २५। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विदुषी राणाले प्रधानमन्त्री बालेन शाह र निजी क्षेत्रका प्रतिनिधिबीच भएको छलफल फलदायी भएको बताएकी छन्।
छलफलपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै राणाले उद्योगी–व्यवसायीले आफ्नो–आफ्नो क्षेत्रका समस्या तथा सुझाव खुला रूपमा राखेको र प्रधानमन्त्री शाहले ती विषय गम्भीरतापूर्वक सुनेको बताइन्।
उनका अनुसार छलफलमा लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको मनोबल अभिवृद्धि तथा सरकार र निजी क्षेत्रबीच आपसी विश्वास सुदृढ गर्ने विषयमा केन्द्रित भएर व्यापक छलफल भएको थियो।
‘आजको छलफल निकै फलदायी रह्यो। विभिन्न क्षेत्रका प्रतिनिधिहरूले आफ्ना समस्या र सुझाव प्रस्तुत गर्नुभयो। प्रधानमन्त्रीले सबै विषयलाई गम्भीरतापूर्वक सुन्नुभयो,’ राणाले भनिन्।
राणाका अनुसार प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई धरपकड गर्ने सरकारको कुनै उद्देश्य नरहेको स्पष्ट पार्दै आर्थिक विकासको यात्रामा निजी क्षेत्र सरकारको प्रमुख साझेदार रहेको बताएका छन्। उनले उत्पादन वृद्धि, रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा समग्र अर्थतन्त्रलाई सुदृढ बनाउन निजी क्षेत्रसँग सहकार्यलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
सांसद राणाले सरकार र निजी क्षेत्रबीचको संवादलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउँदै उद्योगी–व्यवसायीले उठाएका समस्या समाधानका लागि आवश्यक समन्वय र सहकार्यलाई थप मजबुत बनाइने विश्वास व्यक्त गरिन्।
-
सार्वजनिक बिदाका दिनसमेत खुला रहने बारपाक सुलिकोट गाउँपालिकाको कार्यालय
-
ऐतिहासिक लिगलिगे दौडको प्रारम्भिक स्थलमा सरसफाई तथा वृक्षारोपण सम्पन्न
-
मर्स्याङ्दी गाउँपालिकाद्वारा कक्षा १–८ का लागि ‘हाम्रो मर्स्याङ्दी’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक
-
गोरखामा भ्याट र परिवर्तित करबारे अभिमुखीकरण, ९० व्यवसायी सहभागी
-
गोरखा पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा