काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ।
वीर अस्पतालको बर्न भेन्टिलेटरमा उपचाररत नेपालीको शुक्रबार बिहान ११ः१९ बजे मृत्यु भएको उपचारमा संलग्न प्लास्टिक तथा बर्न सर्जन डा. पियुष दाहालले जानकारी दिए।
डा. दाहालका अनुसार नेपालीको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको थियो। गम्भीर जलनका कारण अस्पताल ल्याइएकै समयदेखि उनको अवस्था अत्यन्त जटिल रहेको उनले बताए।
बिहीबार दिउँसो राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका नेपालीलाई करिब २ः१५ बजे वीर अस्पताल पुर्याइएको थियो। अस्पताल पुगेलगत्तै उनलाई प्रारम्भिक उपचारस्वरूप ‘कुलिङ’ प्रक्रिया अपनाइएको र त्यसपछि श्वासप्रश्वास सहज बनाउन आवश्यक उपचार गरिएको अस्पतालले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
प्रहरी कर्मचारीले वाणिज्य बैंकबाट सहुलियत ब्याजदरमा ५० लाखसम्म कर्जा पाउने
-
टप दरबार रोधी क्लबको भव्य उद्घाटन, चर्चित कलाकारको प्रस्तुतिमा झुमे अतिथिहरू
-
सचिन भट्टराईको नयाँ तीज गीत ‘मलाई नेपाल बस्नै मन थिएन, एम्बेसीले भिसा दिएन’ को छायांकन सम्पन्न
-
टप दरबार रोधी क्लबका सञ्चालक अशोक गिरीलाई ‘उत्कृष्ट दोहोरी साँझ व्यवसायी सम्मान’