काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ।
वीर अस्पतालको बर्न भेन्टिलेटरमा उपचाररत नेपालीको शुक्रबार बिहान ११ः१९ बजे मृत्यु भएको उपचारमा संलग्न प्लास्टिक तथा बर्न सर्जन डा. पियुष दाहालले जानकारी दिए।
डा. दाहालका अनुसार नेपालीको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको थियो। गम्भीर जलनका कारण अस्पताल ल्याइएकै समयदेखि उनको अवस्था अत्यन्त जटिल रहेको उनले बताए।
बिहीबार दिउँसो राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका नेपालीलाई करिब २ः१५ बजे वीर अस्पताल पुर्याइएको थियो। अस्पताल पुगेलगत्तै उनलाई प्रारम्भिक उपचारस्वरूप ‘कुलिङ’ प्रक्रिया अपनाइएको र त्यसपछि श्वासप्रश्वास सहज बनाउन आवश्यक उपचार गरिएको अस्पतालले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
घान्द्रुकमा खुल्यो १५ करोड लगानीको आरजे बुटिक होटल
-
दसैँ बिदामा पोखरामा पर्यटकको घुइँचो, अन्नपूर्ण केबलकार पर्यटकको रोजाइमा