लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ मा निर्माणाधीन गाउँपालिकाको स्वागत गेट सम्पन्न भएको छ। २०८२ साल फागुनबाट सुरु गरिएको निर्माण कार्य २०८३ साल असारमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलका अनुसार स्वागत गेट १४ लाख ५ हजार रुपैयाँको लागतमा निर्माण गरिएको हो। निर्माणको जिम्मा रियल टाइम कन्सट्रक्सन प्रालि, काठमाडौंले लिएको थियो भने कलात्मक (आर्ट) डिजाइनको काम क्रस साइन, भरतपुरले सम्पन्न गरेको हो।
गाउँपालिकाका अनुसार स्वागत गेट निर्माणसँगै पालिकाको मुख्य प्रवेशद्वार थप आकर्षक बनेको छ। यसले गाउँपालिकाको छुट्टै पहिचान स्थापित गर्नुका साथै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक, आगन्तुक र सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले स्वागत गेट निर्माण सम्पन्न भएसँगै पालिकाको सौन्दर्य अभिवृद्धि हुनुका साथै स्थानीय पहिचान प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै गाउँपालिकाको समग्र विकास र पर्यटन प्रवर्द्धनका लागि आगामी दिनमा पनि यस्ता योजनालाई निरन्तरता दिइने उल्लेख गर्नुभयो।
गाउँपालिकाले स्वागत गेटलाई केवल प्रवेशद्वारका रूपमा नभई पालिकाको पहिचान, विकासको प्रतिबिम्ब र आगन्तुकलाई स्वागत गर्ने प्रतीकका रूपमा लिएको जनाएको छ।
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
टप दरबार रोधी क्लबका सञ्चालक अशोक गिरीलाई ‘उत्कृष्ट दोहोरी साँझ व्यवसायी सम्मान’
-
प्रहरी कर्मचारीले वाणिज्य बैंकबाट सहुलियत ब्याजदरमा ५० लाखसम्म कर्जा पाउने
-
टप दरबार रोधी क्लबको भव्य उद्घाटन, चर्चित कलाकारको प्रस्तुतिमा झुमे अतिथिहरू
-
सचिन भट्टराईको नयाँ तीज गीत ‘मलाई नेपाल बस्नै मन थिएन, एम्बेसीले भिसा दिएन’ को छायांकन सम्पन्न