काठमाडौं । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आयोगको टोलीले बुधबार झापाको दमक नगरपालिका–१ स्थित एक खाजाघरबाट खड्कालाई सेवाग्राहीबाट लिएको ६ लाख रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो।
आयोगले इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने र ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने नाममा सेवाग्राहीलाई दुःख तथा हैरानी दिँदै घुस/रिसवत मागेको जनाएको छ।
पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
घान्द्रुकमा खुल्यो १५ करोड लगानीको आरजे बुटिक होटल
-
दसैँ बिदामा पोखरामा पर्यटकको घुइँचो, अन्नपूर्ण केबलकार पर्यटकको रोजाइमा