गोरखा: लायन्स क्लब अफ आबुँखैरेनी सिटीको भातृ संस्था लियो क्लब अफ आबुखैरेनी सिटीको सन् २०२६/२७ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
सम्पन्न निर्वाचनबाट क्लबको अध्यक्षमा मनोज बास्तोला चयन हुनुभएको छ। त्यसैगरी प्रथम उपाध्यक्षमा विकल्प अर्याल, सचिवमा मनिष श्रेष्ठ तथा कोषाध्यक्षमा आसन गुरुङ निर्वाचित हुनुभएको क्लबले जनाएको छ।
क्लबका अन्य विभिन्न पदहरूमा पनि सदस्यहरू सर्वसम्मत रूपमा चयन भएको जनाइएको छ।
नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै आगामी कार्यकालमा सामाजिक सेवा, युवा नेतृत्व विकास तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ।
लियो क्लब युवाहरूको सक्रिय सहभागितामा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्वयंसेवी संस्था हो। क्लबले समाजसेवा, नेतृत्व विकास, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै समुदायमा योगदान पुर्याउँदै आएको छ।
-
सार्वजनिक बिदाका दिनसमेत खुला रहने बारपाक सुलिकोट गाउँपालिकाको कार्यालय
-
ऐतिहासिक लिगलिगे दौडको प्रारम्भिक स्थलमा सरसफाई तथा वृक्षारोपण सम्पन्न
-
मनसुनजन्य विपद्को जोखिम बढेपछि मर्स्याङ्दी गाउँपालिकाद्वारा उच्च सतर्कता अपनाउन अपिल
-
मर्स्याङ्दी गाउँपालिकाद्वारा कक्षा १–८ का लागि ‘हाम्रो मर्स्याङ्दी’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक
-
गोरखामा भ्याट र परिवर्तित करबारे अभिमुखीकरण, ९० व्यवसायी सहभागी