logo

बिहिबार, असार ३२ २०८३

kantipurpationlinetv

२०८३ असार ३२ बिहिबार

विपद् जोखिम न्यूनीकरणका लागि तारकेश्वर नगरपालिकाद्वारा जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन तथा राहत वितरण

विपद् जोखिम न्यूनीकरणका लागि तारकेश्वर नगरपालिकाद्वारा जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन तथा राहत वितरण


  • बिहिबार, असार ३२ २०८३
  • 1K
    SHARES

    काठमाडौं — तारकेश्वर नगरपालिकाले वर्षायामसँगै बढ्दो विपद् जोखिमलाई मध्यनजर गर्दै नगरभित्रका जोखिमयुक्त क्षेत्रहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ।

    नगर प्रमुख कृष्णहरि महर्जनको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, सम्बन्धित वडाका जनप्रतिनिधि, प्राविधिक टोली, विपद् व्यवस्थापन शाखाका कर्मचारी तथा अन्य सरोकारवालाको सहभागितामा वडा नं. ३, ४, ५, ८ र ११ का सम्भावित विपद् जोखिम क्षेत्रको अनुगमन गरिएको हो।

    अनुगमनका क्रममा पहिरो, भूक्षय तथा अन्य प्राकृतिक विपद्को जोखिम रहेका स्थानहरूको अवस्था मूल्याङ्कन गर्नुका साथै जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी, संरक्षणका उपाय तथा आगामी योजनामा प्राथमिकताका साथ बजेट विनियोजन गर्नुपर्ने क्षेत्रहरूको पहिचान गरिएको नगरपालिकाले जनाएको छ।

    वर्षायामका कारण प्रभावित तथा उच्च जोखिममा रहेका स्थानका स्थानीयलाई तत्काल राहत तथा संरक्षण उपलब्ध गराउने उद्देश्यले अस्थायी व्यवस्थापनका लागि त्रिपाल (टारपोलिन) समेत वितरण गरिएको छ।

    नगर प्रमुख महर्जनले विपद् आइपरेपछि मात्र उद्धारमा केन्द्रित हुनेभन्दा जोखिमको पूर्वपहिचान, पूर्वतयारी र समयमै आवश्यक हस्तक्षेप गर्नु नै प्रभावकारी विपद् व्यवस्थापनको आधार भएको बताए। उनले नागरिकको जीवन र सम्पत्तिको सुरक्षालाई प्राथमिकतामा राखेर जोखिमयुक्त क्षेत्रको नियमित अनुगमन तथा आवश्यक पूर्वतयारीलाई निरन्तरता दिइने उल्लेख गरे।

    तारकेश्वर नगरपालिकाले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न यस्ता स्थलगत अनुगमन, जोखिम मूल्याङ्कन र आवश्यक हस्तक्षेपलाई आगामी दिनमा समेत निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page