logo

शनिबार, साउन २ २०८३

kantipurpationlinetv

२०८३ साउन २ शनिबार

आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा

आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा


  • शुक्रबार, साउन १ २०८३
  • 5.6K
    SHARES

    गोरखा । सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ आर्थिक वर्ष २०८३/०८४ को पहिलो दिनबाटै विकास निर्माणका योजना कार्यान्वयनमा जुटिएका छन्। नयाँ आर्थिक वर्ष सुरु भएकै दिन वडा कार्यालयले १७ वटा विकास निर्माणका योजना अघि बढाउँदै उपभोक्ता समिति र अनुगमन समिति गठन गरेको हो।

    वडाध्यक्ष श्रेष्ठको पहलमा आयोजित स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा गाउँवासीको भेलाबाट सडक, सामुदायिक भवन, विद्यालय, खानेपानी, स्वास्थ्य संस्था, मन्दिर तथा पदमार्ग निर्माणलगायतका योजनाका लागि उपभोक्ता समिति र अनुगमन समिति गठन गरिएको वडा कार्यालयले जनाएको छ।

    वडा कार्यालयका अनुसार पहिलो दिनमै निम्जुङ गाउँ–आहालडाँडा सडक निर्माण, बोर्लाङी गाउँ सामुदायिक भवन निर्माण, गैरी गाउँ सामुदायिक भवन निर्माण, मकैपुरडाँडा–रातमाटे बेसीगाउँ सडक स्तरोन्नति, पोखरीडाँडा भित्री बाटो स्तरोन्नति, श्री चण्डिका आधारभूत विद्यालय र श्री लखन थापा प्राथमिक विद्यालयको घेराबार निर्माण, लाखेडाँडा–थानिदेवी–लाहुरेटोल सडक स्तरोन्नति, मग्राती टोल सामुदायिक भवन स्तरोन्नति, चिरागरा–बसन्ते गाउँ सिँढी बाटो निर्माण, व्याक भित्री सिँढी बाटो निर्माण, थानीथान मन्दिर पुनःनिर्माण, मकैपुर महादेव मन्दिर पुनःनिर्माण, मकैपुर चिप्लेटी धारा खानेपानी योजना, बुङकोट स्वास्थ्य चौकी भवन मर्मत तथा स्तरोन्नति लगायतका योजनाको कार्यान्वयन प्रक्रिया सुरु गरिएको छ।

    ती योजनाका लागि १ लाखदेखि ५ लाख रुपैयाँसम्म बजेट विनियोजन गरिएको छ। प्रत्येक योजनाका लागि स्थानीय उपभोक्ता समिति र अनुगमन समिति गठन गरी कार्यान्वयन प्रक्रिया अघि बढाइएको वडा कार्यालयले जनाएको छ।

    वडाध्यक्ष श्रेष्ठले आर्थिक वर्षको सुरुवातसँगै विकास निर्माणका कामलाई गति दिन योजना कार्यान्वयन तत्काल सुरु गरिएको बताए। स्थानीय आवश्यकता र जनचाहनाअनुसारका योजनालाई प्राथमिकताका साथ अघि बढाउँदै निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको उनको भनाइ छ।

    उनले उपभोक्ता समिति तथा अनुगमन समितिका पदाधिकारी र सदस्यलाई नीति, नियम र मापदण्डअनुसार पारदर्शी, गुणस्तरीय र समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गरे। स्थानीयवासीको सक्रिय सहभागिता र सहकार्यबाट वडाको समग्र विकासलाई थप प्रभावकारी बनाइने विश्वाससमेत उनले व्यक्त गरे।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page