काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपालमा जलन (बर्न) उपचार सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, एकीकृत उपचार मापदण्ड (स्ट्यान्डर्ड ट्रीटमेन्ट प्रोटोकल–एसटीपी) लागू गर्ने तथा स्थानीयदेखि संघीय तहसम्म उपचार प्रणालीलाई सुदृढ बनाउने तयारी अघि बढाइएको बताएकी छन्।
बिहीबार नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर, कीर्तिपुरका डा. किरण नकर्मी, डा. शंकरमान राई तथा जलन अभियान्ता उज्ज्वल थापासँग भएको भेटमा मन्त्री मेहताले जलन उपचारको वर्तमान अवस्था, चुनौती र सुधारका उपायबारे छलफल गरेकी हुन्।
भेटमा जलनका बिरामीले दुर्घटनाको पहिलो क्षणदेखि नै सही उपचार पाउनुपर्ने आवश्यकतामा जोड दिँदै प्राथमिक उपचार (फर्स्ट एड) सम्बन्धी ज्ञान र सीप स्वास्थ्यकर्मीमा विस्तार गर्नुपर्ने विषय उठाइएको थियो। स्थानीय स्वास्थ्य संस्था, एम्बुलेन्स सेवा, जिल्ला अस्पतालदेखि प्रदेश र संघीय अस्पतालसम्म कार्यरत स्वास्थ्यकर्मीलाई जलन व्यवस्थापनसम्बन्धी विशेष तालिम सञ्चालन गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।
यस्तै, देशभर जलनका बिरामीको उपचारलाई एकरूप, गुणस्तरीय र वैज्ञानिक बनाउन स्ट्यान्डर्ड ट्रीटमेन्ट प्रोटोकल (एसटीपी) तयार गरी सबै तहका स्वास्थ्य संस्थामा लागू गर्ने विषयमा पनि सहमति जुटाउने प्रयास गरिएको छ।
छलफलमा जलन उपचारलाई स्थानीय, प्रदेश र संघीय तीनै तहमा चरणबद्ध रूपमा व्यवस्थित गर्ने, जटिल बिरामीको समयमै रेफरल सुनिश्चित गर्ने, उपचारमा पहुँच विस्तार गर्ने तथा गुणस्तरीय सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिएको थियो।
मन्त्री मेहताले जलन उपचारलाई स्वास्थ्य सेवाको महत्वपूर्ण प्राथमिकताका रूपमा अघि बढाइने बताउँदै यस क्षेत्रमा कार्यरत विशेषज्ञ संस्था तथा अभियान्तासँगको सहकार्यलाई थप प्रभावकारी बनाइने बताइन्। प्रारम्भिक उपचारदेखि विशेषज्ञ सेवासम्म बिरामीको सहज पहुँच सुनिश्चित गर्ने प्रणाली विकास मन्त्रालयको प्राथमिकता रहेको उनको भनाइ थियो।
भेटमा जलन रोकथामसम्बन्धी जनचेतना अभिवृद्धि, उपचार सेवाको गुणस्तर सुधार, स्वास्थ्यकर्मीको क्षमता विकास, उपचार मापदण्डको कार्यान्वयन तथा नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर, कीर्तिपुरको प्राविधिक अनुभवलाई राष्ट्रिय स्तरमा उपयोग गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार जलन उपचार प्रणालीलाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत सुधार, विभिन्न तहका स्वास्थ्य संस्थाबीच समन्वय सुदृढ गर्ने तथा आगामी दिनमा सहकार्यका सम्भावित क्षेत्रबारे पनि विचार आदानप्रदान गरिएको छ।
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा