काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा कार्यरत प्रहरी सहायक निरीक्षक (एएसआई) विक्रम भुजेल २०८३ साल असार महिनाको ‘Best Police of the Month’ सम्मानबाट सम्मानित भएका छन्।
कार्यालयले असार महिनाभर गरेको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा अपराध अनुसन्धान, फरार प्रतिवादी पक्राउ तथा गम्भीर प्रकृतिका अपराधको अनुसन्धानमा उल्लेखनीय योगदान पुर्याएको भन्दै भुजेललाई उक्त सम्मान प्रदान गरेको हो।
असार महिनाको अवधिमा उनले काठमाडौं उपत्यकामा भएका गुण्डागर्दी नियन्त्रण, फरार प्रतिवादी पक्राउ, कर्तव्य ज्यान, चोरी, डाँका लगायतका विभिन्न गम्भीर अपराधका घटनाको अनुसन्धानमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेका थिए। साथै कारागारबाट फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन पनि उनले महत्वपूर्ण योगदान पुर्याएको कार्यालयले जनाएको छ।
त्यसैगरी सूचना सङ्कलन, प्रमाणको विश्लेषण तथा जटिल प्रकृतिका घटनाको अनुसन्धानमा देखाएको व्यावसायिक दक्षता, कर्तव्यनिष्ठा र परिणाममुखी कार्यसम्पादनका आधारमा उनी असार महिनाकै उत्कृष्ट प्रहरीका रूपमा छनोट भएका हुन्।
नेपाल प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक महिना प्रदान गर्दै आएको ‘Best Police of the Month’ सम्मान अन्तर्गत एएसआई भुजेललाई २०८३ साल असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।
यस सम्मानले अपराध अनुसन्धानमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूको मनोबल अभिवृद्धि गर्नुका साथै संगठनभित्र व्यावसायिकता, उत्तरदायित्व र प्रभावकारी सेवा प्रवाहलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने