गोरखा — एनपीआई गोरखा अस्पताल र दिदीबहिनी सञ्जालबीच स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउने उद्देश्यले सहकार्य तथा सहुलियत छुटसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
शनिबार आयोजित एक कार्यक्रममा एनपीआई गोरखा अस्पतालका मेडिकल डाइरेक्टर डा. संगम बाबु श्रेष्ठ र दिदीबहिनी सञ्जालकी अध्यक्ष बिना श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार गोरखा बजार तथा आसपासका क्षेत्रमा आबद्ध करिब २५० भन्दा बढी सदस्य रहेको दिदीबहिनी सञ्जालका सदस्यहरूले अब एनपीआई गोरखा अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष सहुलियत तथा छुट सुविधा प्राप्त गर्नेछन्।
अस्पतालका अनुसार उक्त सहकार्यले समुदायका महिलाहरूलाई गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, स्वास्थ्य सेवाप्रति समुदायको पहुँच र विश्वास अभिवृद्धि गर्न समेत यसले सकारात्मक भूमिका खेल्ने अस्पतालको विश्वास छ।
सम्झौतापछि दुवै संस्थाले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा आवश्यकताअनुसार संयुक्त रूपमा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्झौता हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका पदाधिकारी, प्रतिनिधि तथा अन्य आमन्त्रित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने