logo

मंगलबार, साउन ५ २०८३

kantipurpationlinetv

२०८३ साउन ५ मंगलबार

जानकी मन्दिर प्रवेशमा रोकिए हर्क साम्पाङ, दर्शन नगरी फर्किए

जानकी मन्दिर प्रवेशमा रोकिए हर्क साम्पाङ, दर्शन नगरी फर्किए


  • मंगलबार, साउन ५ २०८३
  • 3.4K
    SHARES

    जनकपुरधाम — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आइतबार जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शनका लागि पुगेका बेला विवाद उत्पन्न भएपछि दर्शन नगरी फर्किएका छन्।

    साम्पाङ बिहान करिब ११ बजे समर्थकसहित जानकी मन्दिर पुग्ने कार्यक्रम थियो। तर, उनी मन्दिर परिसरमा प्रवेश गर्नुअघि नै उनका समर्थक र हिन्दू सम्राट सेनाका कार्यकर्ताबीच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो।

    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सम्भावित झडपको जोखिम बढेपछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै साम्पाङलाई मन्दिर प्रवेश गर्न रोकिएको हो।

    हिन्दू सम्राट सेनाले यसअघि नै साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको आरोप लगाउँदै जानकी मन्दिर प्रवेश गर्न नदिने निर्णय सार्वजनिक गरेको थियो। सोही घोषणापछि मन्दिर परिसरमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

    विवाद चर्किन थालेपछि प्रहरीले दुवै पक्षलाई नियन्त्रणमा लिएर अवस्था सामान्य बनाएको जनाएको छ। घटनापछि केही समय मन्दिर परिसरमा सुरक्षा सतर्कता समेत बढाइएको थियो।

    घटनापछि साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै ‘जनकपुरमा तनाव, तर गृहमन्त्रीको फोन अफ’ भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

    प्रहरीका अनुसार घटनापछि जानकी मन्दिर परिसरको अवस्था सामान्य रहेको छ भने सुरक्षा व्यवस्था थप सुदृढ पारिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page