काठमाडौं, २० साउन । पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली मूलका बेलायती आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित चार जना आरोहीको शव आधार शिविरमा ल्याइएको छ।
प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाका अनुसार निर्मल पुर्जा, जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव संकलन गरी आधार शिविरमा ल्याइएको हो।
उनका अनुसार शव संकलन कार्य मिङ्मा जीको नेतृत्वमा गरिएको थियो। कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बीच उद्धार तथा शव संकलनमा खटिएको टोलीप्रति उनले आभार व्यक्त गरेका छन्।
सांसद शेर्पाका अनुसार हिमपहिरोमा बेपत्ता भएका अन्य तीन आरोहीको खोजी भने अझै जारी रहेको छ।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
माया गुरुङ सांगीतिक साँझका लागि राजशान्ति फाउन्डेसनको डेढ लाख सहयोग
-
दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ भव्य रूपमा सम्पन्न
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला