गोरखा, २१ साउन । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा पहिरोका कारण घर गुमाएका मानसिंह गुरुङलाई गोरखा उद्योग वाणिज्य संघले ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बुधबार आयोजित कार्यक्रममा संघका अध्यक्ष भगवानबाबु मास्केले गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।
गत सोमबार अविरल वर्षापछि आएको पहिरोले गुरुङको तीनतले पक्की घर पूर्णरूपमा बगाएको थियो। घर बगेपछि उनीहरूको परिवार विस्थापित भई अस्थायी रूपमा बसोबास गर्दै आएको छ।
संघले विपद्को समयमा पीडित परिवारको तत्काल राहत र बसोबास व्यवस्थामा केही सहयोग पुग्ने उद्देश्यले आर्थिक सहयोग प्रदान गरिएको जनाएको छ। साथै, पहिरोपीडित परिवारलाई सहयोगका लागि अन्य संघसंस्था, व्यवसायी तथा सहयोगी मनहरूलाई समेत हातेमालो गर्न आग्रह गरेको छ।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक