logo

बिहिबार, साउन २१ २०८३

kantipurpationlinetv

२०८३ साउन २१ बिहिबार

पहिरो पीडित मानसिंह गुरुङलाई उद्योग वाणिज्य संघ गोरखाको ५५ हजार ५५५ रुपैयाँ सहयोग

पहिरो पीडित मानसिंह गुरुङलाई उद्योग वाणिज्य संघ गोरखाको ५५ हजार ५५५ रुपैयाँ सहयोग


  • बिहिबार, साउन २१ २०८३
  • 49
    SHARES

    गोरखा, २१ साउन । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा पहिरोका कारण घर गुमाएका मानसिंह गुरुङलाई गोरखा उद्योग वाणिज्य संघले ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

    बुधबार आयोजित कार्यक्रममा संघका अध्यक्ष भगवानबाबु मास्केले गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।

    गत सोमबार अविरल वर्षापछि आएको पहिरोले गुरुङको तीनतले पक्की घर पूर्णरूपमा बगाएको थियो। घर बगेपछि उनीहरूको परिवार विस्थापित भई अस्थायी रूपमा बसोबास गर्दै आएको छ।

    संघले विपद्को समयमा पीडित परिवारको तत्काल राहत र बसोबास व्यवस्थामा केही सहयोग पुग्ने उद्देश्यले आर्थिक सहयोग प्रदान गरिएको जनाएको छ। साथै, पहिरोपीडित परिवारलाई सहयोगका लागि अन्य संघसंस्था, व्यवसायी तथा सहयोगी मनहरूलाई समेत हातेमालो गर्न आग्रह गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page