गोरखा, २१ साउन । अविरल वर्षापछि खसेको पहिरोले गोरखा नगरपालिका–११ बाह्रकिलोस्थित गोरखकाली फ्युल सेन्टरमा क्षति पुगेको छ।
बिहीबार बिहान करिब ६ः३० बजे माथिबाट खसेको पहिरोले पेट्रोल पम्पको रिटेनिङ वाल भत्काउनुका साथै दुवै पेट्रोल डिस्पेन्सर, छानाको ट्रस्ट, स्टाफ क्वार्टर, जेनेरेटर हाउस र जेनेरेटरमा क्षति पुर्याएको पम्पका सञ्चालक भोला मरहट्टाले जानकारी दिए।
उनका अनुसार राति करिब १२ बजेदेखि नै पहिरो झर्न थालेको संकेत देखिएको थियो। कर्मचारीले राति नै जानकारी गराएपछि बिहान करिब ५ बजे आफू घटनास्थल पुगेको उनले बताए।
‘हेर्दाहेर्दै माथिबाट पहिरो खस्यो। पहिरोले रिटेनिङ वाल भत्कायो र दुवै पेट्रोल डिस्पेन्सर ढालिदियो। स्टाफ क्वार्टर, जेनेरेटर हाउस र जेनेरेटरमा पनि क्षति पुगेको छ,’ मरहट्टाले भने।
पहिरोले पम्प परिसरमा पार्किङ गरिएका पाँच वटा स्कुटर तथा मोटरसाइकल पनि पुरिएको उनले बताए।
घटनापछि प्रहरी र स्थानीयवासीको सहयोगमा पुरिएका मोटरसाइकल तथा स्कुटर निकाल्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा
-
माया गुरुङ सांगीतिक साँझका लागि राजशान्ति फाउन्डेसनको डेढ लाख सहयोग
-
कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला
-
दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ भव्य रूपमा सम्पन्न