logo

बिहिबार, साउन २१ २०८३

kantipurpationlinetv

२०८३ साउन २१ बिहिबार

कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो पटक प्रथम बन्यो धादिङ प्रहरी

कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो पटक प्रथम बन्यो धादिङ प्रहरी


  • बिहिबार, साउन २१ २०८३
  • 49
    SHARES

    धादिङ, २१ साउन । जिल्ला प्रहरी कार्यालय धादिङ नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो पटक प्रथम भएको छ।

    नेपाल प्रहरी प्रधान कार्यालयले गरेको आर्थिक वर्ष २०८२/८३ को असार महिनाको कार्यसम्पादन मूल्याङ्कनमा प्रहरी उपरीक्षक (एसपी) नेतृत्वमा रहेका १५ पहाडी जिल्ला प्रहरी कार्यालयमध्ये धादिङ पहिलो स्थानमा परेको हो।

    प्रहरी प्रधान कार्यालयका अनुसार प्रशासनिक सुधार, कार्यालय अभिलेख व्यवस्थापन, अपराध रोकथाम तथा न्यूनीकरण, आपराधिक घटनाको अनुसन्धान, फरार प्रतिवादी पक्राउ, अवैध हातहतियार बरामद, लागूऔषध नियन्त्रण, भन्सार तथा राजस्व छली नियन्त्रण, पुराना मुद्दाको अनुसन्धान तथा फैसला कार्यान्वयनलगायतका सूचकमा धादिङ प्रहरीले उत्कृष्ट कार्यसम्पादन गरेको छ।

    त्यस्तै, राजमार्ग सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण, प्रहरी परिचालन, उजुरी तथा गुनासो व्यवस्थापन, प्रहरी कर्मचारीको गुनासो सुनुवाइ, अनुशासन कायम, शान्ति–सुरक्षाका लागि सरोकारवाला निकायसँगको समन्वय तथा विपद् व्यवस्थापनका क्षेत्रमा पनि धादिङ प्रहरीको कार्य प्रभावकारी रहेको मूल्याङ्कनमा उल्लेख गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय धादिङले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत विद्यालय तथा समुदायमा नियमित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्थानीय तहसँगको सहकार्यमा सामाजिक विकृति तथा विसङ्गतिविरुद्ध अभियान सञ्चालन गरी अपराध न्यूनीकरणमा सक्रिय भूमिका निर्वाह गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए।

    उनका अनुसार कार्यसम्पादन मूल्याङ्कन प्रणालीले प्रहरी संगठनभित्र स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र व्यावसायिक बनाउन टेवा पुगेको छ।

    ‘यस्ता मूल्याङ्कनले प्रहरी कर्मचारीमा जिम्मेवारीबोध र कार्यदक्षता अभिवृद्धि गर्दै नागरिकको सुरक्षा र सेवा प्रवाहलाई अझ सुदृढ बनाउन प्रेरित गरेको छ,’ दाहालले भने।

    लगातार तेस्रो पटक प्रथम हुन सफल भएको धादिङ प्रहरीले आगामी दिनमा पनि अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम तथा नागरिकमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page