logo

बिहिबार, साउन २१ २०८३

kantipurpationlinetv

२०८३ साउन २१ बिहिबार

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङको शव काठमाडौं ल्याइयो

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङको शव काठमाडौं ल्याइयो


  • बिहिबार, साउन २१ २०८३
  • 63
    SHARES

    काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव बिहीबार काठमाडौं ल्याइएको छ।

    कतार एयरवेजको विमानमार्फत काठमाडौं ल्याइएको शवलाई श्रद्धाञ्जलीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्त, शुभेच्छुक तथा पर्वतारोहण क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू पुगेका थिए। त्यसपछि शवयात्रासहित पार्थिव शरीरलाई नक्सालस्थित नेपाल पर्वतारोहण संघको सचिवालयमा लगिएको छ।

    नेपाल पर्वतारोहण संघका अनुसार गुरुङको अन्तिम संस्कार शुक्रबार गरिनेछ।

    गत साता ब्रोड पिकमा आएको हिमपहिरोमा कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ), पुरबहादुर गुरुङ (युक्त), किली पेम्बा शेर्पा (किलु), निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पासहित ६ नेपाली तथा चार विदेशी आरोहीको ज्यान गएको थियो।

    संघका अनुसार निर्मल पुर्जाको परिवार बेलायतमा रहेकाले उनको अन्त्येष्टि त्यहीँ गरिने तयारी छ भने अन्य नेपाली पर्वतारोहीका शव आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि क्रमशः नेपाल ल्याइनेछ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page