logo

शनिबार, साउन २३ २०८३

kantipurpationlinetv

२०८३ साउन २३ शनिबार

सार्वजनिक यातायात क्षेत्रका चालक, सहचालक तथा कर्मचारीलाई मानव बेचबिखन तथा ओसारपसार रोकथामबारे सचेतना

सार्वजनिक यातायात क्षेत्रका चालक, सहचालक तथा कर्मचारीलाई मानव बेचबिखन तथा ओसारपसार रोकथामबारे सचेतना


  • शुक्रबार, साउन २२ २०८३
  • 1.5K
    SHARES

    काठमाडौं, २४  साउन। सार्वजनिक यातायात क्षेत्रमा कार्यरत चालक, सहचालक तथा कर्मचारीहरूलाई आन्तरिक मानव बेचबिखन, ओसारपसार तथा शोषणजन्य गतिविधिको पहिचान र रोकथाम सम्बन्धी सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।

    प्रहरी प्रभाग गोंगबुले आयोजना गरेको उक्त कार्यक्रममा सार्वजनिक यातायात क्षेत्रका चालक, सहचालक तथा कर्मचारीहरूलाई मानव बेचबिखन तथा ओसारपसारका संकेत, सम्भावित जोखिम, कानुनी व्यवस्था तथा यस्ता गतिविधिको रोकथाममा उनीहरूको भूमिकाबारे जानकारी प्रदान गरिएको थियो।

    कार्यक्रममा प्रहरी प्रभाग गोंगबुका इन्स्पेक्टर शंकर श्रेष्ठले सहजीकरण गर्दै मानव बेचबिखन तथा ओसारपसारका घटनाको पहिचान, पीडितको उद्धारमा प्रारम्भिक सहयोग तथा शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई सूचना उपलब्ध गराउने विषयमा प्रशिक्षण दिनुभएको थियो।

    इन्स्पेक्टर श्रेष्ठले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सार्वजनिक यातायात क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै यात्रुको सुरक्षा र शंकास्पद गतिविधिप्रति संवेदनशील हुन सहभागीहरूलाई आग्रह गर्नुभयो।

    प्रहरीका अनुसार समुदायमा जनचेतना अभिवृद्धि गर्दै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरोकारवाला निकायबीच सहकार्य सुदृढ गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page