logo

सोमबार, साउन २५ २०८३

kantipurpationlinetv

२०८३ साउन २५ सोमबार

चलचित्रकर्मीको जमघटबीच ‘आश्रम’ र ‘कति बस्छौं माइतीघर’ सार्वजनिक

चलचित्रकर्मीको जमघटबीच ‘आश्रम’ र ‘कति बस्छौं माइतीघर’ सार्वजनिक


  • आइतबार, साउन २४ २०८३
  • 4.3K
    SHARES

    काठमाडौं । निर्देशक रविन्द्र शाहीको निर्देशनमा तयार भएको म्युजिक भिडियो ‘कति बस्छौं माइतीघर’ र सर्ट फिल्म ‘आश्रम’ काठमाडौंस्थित जय नेपाल हलमा शनिबार विशेष समारोहबीच सार्वजनिक गरिएको छ।

    किशोर कुमार शाही र देवकुमारी खड्गीको स्वर रहेको ‘कति बस्छौं माइतीघर’ म्युजिक भिडियोसँगै समाज र मानवीय संवेदनासँग जोडिएको विषयवस्तुमा आधारित ‘आश्रम’ सर्ट फिल्म सार्वजनिक गरिएको हो।

    कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, ज्येष्ठ चलचित्रकर्मी मदनदास श्रेष्ठ, कलाकार तथा निर्देशक पवन जोशी, अभिनेत्री शर्मिला मल्ल, अभिनेता धीरेन शाक्य, चलचित्र पत्रकार तथा निर्देशक विजय रत्न तुलाधर, अभिनेत्री लक्ष्मी गिरी, अभिनेत्री पल्पसा डंगोल तथा जय नेपाल हलका सञ्चालक गोपालकाजी कायस्थलगायत चलचित्रकर्मीको उपस्थिति थियो।

    सर्ट फिल्म **‘आश्रम’**मा विजय केसी, निरु बुढामगर, देवकुमारी खड्गी र सत्यदेवी थापाको अभिनय रहेको छ। चाँदनी, शेरबहादुर डीसी र दीपक कपाली अतिथि कलाकारका रूपमा देखिएका छन्। रुहान शाक्य र युवराज श्रेष्ठले बालकलाकारका रूपमा अभिनय गरेका छन्।

    फिल्मको कथा, सम्पादन तथा निर्देशन नरेन्द्रबहादुर धामीले गरेका हुन्। इन्द्र खड्गी निर्माता रहेको फिल्म देवकुमारी खड्गीको प्रस्तुतिमा तयार भएको हो।

    समारोहमा उपस्थित चलचित्रकर्मी तथा अतिथिहरूले नेपाली समाजका संवेदनशील विषय, पारिवारिक सम्बन्ध र मानवीय भावनालाई कलामार्फत प्रस्तुत गर्ने प्रयासको प्रशंसा गरेका थिए। सार्वजनिक दुवै सिर्जनाले नेपाली कला क्षेत्रमा सामाजिक तथा मानवीय विषयलाई थप प्रभावकारी रूपमा प्रस्तुत गर्न योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page