logo

सोमबार, साउन २५ २०८३

kantipurpationlinetv

२०८३ साउन २५ सोमबार

गुल्मी तीज उत्सव तथा सांस्कृतिक कार्यक्रम–२०८३ भव्य रूपमा सम्पन्न, आईजीपी कार्कीले गरे उद्घाटन

गुल्मी तीज उत्सव तथा सांस्कृतिक कार्यक्रम–२०८३ भव्य रूपमा सम्पन्न, आईजीपी कार्कीले गरे उद्घाटन


  • आइतबार, साउन २४ २०८३
  • 2.6K
    SHARES

    काठमाडौं । ‘गुल्मेली कलाकारको सान, गुल्मेली लोक संस्कृतिको पहिचान र सम्मान’ भन्ने मूल नाराका साथ गुल्मी कलाकार समाजको आयोजनामा ‘गुल्मी तीज उत्सव तथा सांस्कृतिक कार्यक्रम–२०८३’ भव्यरूपमा सम्पन्न भएको छ।

    इन्द्रेणीको प्रांगणमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा गुल्मीका सयौँ कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    नेपाली मौलिक लोककला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा गुल्मीका कलाकारहरूले लोकदोहोरी, तीज गीत तथा विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। कलाकारहरूको प्रस्तुति र तीजका मौलिक गीतले कार्यक्रमस्थल उल्लासमय बनेको थियो।

    कार्यक्रममा तीजको मौलिक संस्कृतिलाई विशेष प्राथमिकता दिइएको थियो। दर खाने कार्यक्रमसँगै तीज गीतमा सहभागीहरू झुमेका थिए। गुल्मीको बोली, भाका, संस्कार र संस्कृति झल्काउने प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

    कार्यक्रममा गुल्मीको कला, संगीत तथा लोकसंस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउँदै आएका कलाकारहरूलाई सम्मान गरिएको थियो। आईजीपी दानबहादुर कार्कीको हातबाट कलाकारहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो।

    सम्मान ग्रहण गर्ने क्रममा कलाकारहरूले आफ्नो वर्षौंको साधना र योगदानको कदर भएको अनुभूति गरेका थिए। कार्यक्रममा उपस्थित दर्शकहरूले समेत कलाकारको सम्मानमा ताली बजाउँदै उत्साहपूर्वक साथ दिएका थिए।

    गुल्मी कलाकार समाजले कलाकारको सम्मान गर्नु भनेको गुल्मीको लोकभाका, संस्कृति, परम्परा र मौलिक पहिचानको सम्मान गर्नु  जनाएको छ।

    कार्यक्रममा सहभागी वक्ताहरूले गुल्मीको कला र संस्कृतिलाई राष्ट्रियस्तरमा चिनाउन कलाकारहरूको भूमिका महत्वपूर्ण रहेको बताए। आधुनिकतासँगै हराउँदै गएको मौलिक संस्कृति संरक्षण र नयाँ पुस्तालाई आफ्नो कला तथा संस्कृतिसँग जोड्न यस्ता कार्यक्रम आवश्यक रहेको उनीहरूको भनाइ थियो।

    गुल्मी कलाकार समाजकी अध्यक्ष मन्जु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुल्मीको कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनसँगै जिल्लाका कलाकारबीच एकता, सहकार्य र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यलाई प्राथमिकता दिइएको थियो।

    आयोजकका अनुसार कार्यक्रमले ‘गुल्मेली कलाकारको सान, गुल्मेली लोक संस्कृतिको पहिचान र सम्मान’ भन्ने नारालाई व्यवहारमै उतार्दै गुल्मीको मौलिक कला, संस्कृति र पहिचानलाई राष्ट्रियस्तरमा थप उजागर गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page