ककनी । ककनी गाउँपालिकामा करिब तीन वर्ष प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत खम्बराज राई बिदा भएका छन्। गाउँपालिकामा रहँदा प्रशासनिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माणका क्षेत्रमा पुर्याएको योगदानका लागि उनको स्थानीयस्तरमा प्रशंसा भएको छ।
निजामती सेवामा सरुवा नियमित प्रक्रिया भए पनि कार्यकालका क्रममा अधिकारीले निर्माण गरेको सम्बन्ध, कार्यशैली र सकारात्मक प्रभाव भने दीर्घकालसम्म स्मरणीय रहने स्थानीय सरोकारवालाहरू बताउँछन्।
ककनीमा रहँदा राईले गाउँपालिकाको प्रशासनिक कामलाई व्यवस्थित बनाउनुका साथै जनप्रतिनिधि र कर्मचारीबीच प्रभावकारी समन्वय कायम गर्दै सेवाग्राहीलाई सहज सेवा प्रवाहमा जोड दिएका थिए। सरल तथा शालीन व्यवहार, जिम्मेवारीप्रतिको प्रतिबद्धता र सबै पक्षसँग समन्वय गरेर अघि बढ्ने उनको कार्यशैलीलाई स्थानीयस्तरमा सकारात्मक रूपमा लिइएको छ।
राईको बिदाइसँगै स्थानीयवासी तथा सरोकारवालाहरूले उनको कार्यकालमा पुर्याएको योगदानको स्मरण गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना दिएका छन्। गृह मन्त्रालयमा हुने नयाँ जिम्मेवारी सफल, प्रभावकारी र उपलब्धिमूलक बन्ने अपेक्षा गरिएको छ।
यसैबीच, स्थानीय विकास, सार्वजनिक सरोकार तथा नागरिकका विषयमा समाचार सम्प्रेषण गर्दै आएको ककनी मिडिया परिवारले पनि राईप्रति आभार व्यक्त गरेको छ। स्थानीय सञ्चारमाध्यमसँगको सहज समन्वय, सकारात्मक व्यवहार र सञ्चारमैत्री दृष्टिकोणका लागि मिडिया परिवारले धन्यवाद व्यक्त गरेको हो।
ककनीमा बिताएको करिब तीन वर्षको समय र यस अवधिमा पुर्याएको योगदान स्मरणीय रहने बताउँदै ककनी मिडिया परिवारले राईको आगामी जिम्मेवारी सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।
-
नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
माया गुरुङ सांगीतिक साँझका लागि राजशान्ति फाउन्डेसनको डेढ लाख सहयोग
-
कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला