logo

बुधबार, साउन २७ २०८३

kantipurpationlinetv

२०८३ साउन २७ बुधबार

प्रमुख निर्वाचन आयुक्त र प्रहरी महानिरीक्षकबीच भेट, निर्वाचन सुरक्षाबारे छलफल

प्रमुख निर्वाचन आयुक्त र प्रहरी महानिरीक्षकबीच भेट, निर्वाचन सुरक्षाबारे छलफल


  • मंगलबार, साउन २६ २०८३
  • 2.3K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसहित आयुक्तहरू र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच आगामी निर्वाचनको सुरक्षा व्यवस्थापनलगायतका विषयमा छलफल भएको छ।

    कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा भएको भेटमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा आवश्यक सुरक्षा व्यवस्थापन तथा निर्वाचनका क्रममा नेपाल प्रहरीको भूमिकाबारे छलफल भएको हो।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार भेटका क्रममा नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बालाई आईजीपी कार्कीले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।

    भेटमा आईजीपी कार्कीले विद्यमान कानुन तथा निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचन सुरक्षाका सम्बन्धमा नेपाल प्रहरीले निर्वाह गर्नुपर्ने दायित्वप्रति सदैव प्रतिबद्ध रहने बताएका थिए।

    आगामी निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा आयोग र नेपाल प्रहरीबीच आवश्यक समन्वय कायम गर्ने विषयमा समेत छलफल भएको बताइएको छ।

    प्रमुख निर्वाचन आयुक्त कार्कीसहित आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाले यही साउन १४ गते पदबहाली गरेका थिए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page