logo

बिहिबार, साउन २८ २०८३

kantipurpationlinetv

२०८३ साउन २८ बिहिबार

सिंहदरबारमा सुरु भयो सुलभ मूल्यको खाद्य बिक्री कक्ष, बिहान ८ देखि बेलुका ७ बजेसम्म खुल्ने

सिंहदरबारमा सुरु भयो सुलभ मूल्यको खाद्य बिक्री कक्ष, बिहान ८ देखि बेलुका ७ बजेसम्म खुल्ने


  • बिहिबार, साउन २८ २०८३
  • 0.9K
    SHARES

    काठमाडौं । सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा आएको छ । बिक्री कक्ष आजदेखि उपभोक्ताका लागि खुला गरिएको हो ।

    सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थानमा सञ्चालनमा ल्याइएको बिक्री कक्षबाट उपभोक्ताले दैनिक उपभोग्य खाद्य सामग्री सुलभ मूल्यमा खरिद गर्न सक्नेछन् ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वार्षिकोत्सवको अवसरमा सञ्चालनमा ल्याइएको बिक्री कक्षमा करिब १२४ प्रकारका खाद्य तथा दैनिक उपभोग्य सामग्री बिक्रीका लागि राखिएको छ ।

    बजारमा खाद्यवस्तुको मूल्यमा हुने अस्वाभाविक वृद्धि नियन्त्रण गर्दै उपभोक्तालाई सहज र तुलनात्मक रूपमा सुलभ मूल्यमा खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले बिक्री कक्ष सञ्चालनमा ल्याइएको हो ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बिक्री कक्षको उद्घाटन गर्दै उपभोक्तालाई गुणस्तरीय खाद्य सामग्री सहज र सुलभ मूल्यमा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएकी छन् ।

    सिंहदरबारमा बिक्री कक्ष सञ्चालनमा आएपछि त्यहाँ कार्यरत कर्मचारी, सेवाग्राही तथा आसपासका उपभोक्ताले समेत दैनिक आवश्यकताका खाद्य सामग्री सहज रूपमा खरिद गर्न सक्ने अपेक्षा गरिएको छ ।

    बिक्री कक्ष बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

    सरकारी स्वामित्वको कम्पनीमार्फत सञ्चालन गरिएको बिक्री कक्षले बजारमा खाद्यवस्तुको मूल्य नियन्त्रण तथा उपभोक्तालाई राहत उपलब्ध गराउने सरकारी प्रयासलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page