logo

बुधबार, भाद्र १० २०८३

kantipurpationlinetv

२०८३ भाद्र १० बुधबार

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता


  • शुक्रबार, साउन २९ २०८३
  • 1.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाह ‘बालेन’ र प्रधानसेनापति अशोकराज सिग्देलबीच शुक्रबार भेटवार्ता भएको छ ।

    प्रधानसेनापति सिग्देल केही बेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् ।

    प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानसेनापति सिग्देल प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् । यद्यपि भेटवार्तामा भएका छलफलका विषयबारे भने औपचारिक जानकारी दिइएको छैन ।

    नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले पनि भेटवार्ताबारे आफूलाई जानकारी नभएको बताएका छन् । सेनाले प्रधानमन्त्री र प्रधानसेनापतिबीचको भेटलाई नियमित भेटवार्ताका रूपमा लिएको जनाएको छ ।

    यसअघि पनि साउन १९ गते प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता भएको थियो । उक्त भेटका क्रममा गोकर्णमा नेपाली सेनाको संरक्षणमा रहेको नेपाल ट्रस्टको जग्गामा सेनाको असहमतिबीच डोजर चलाइएको विषयमा समेत छलफल भएको बताइएको थियो ।

    प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सो भेटमा प्रधानसेनापति सिग्देलले उक्त घटनाप्रति असन्तुष्टि व्यक्त गरेका थिए । त्यसपछि प्रधानमन्त्रीको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डेले पनि उक्त विषयमा स्पष्टीकरणसहित विज्ञप्ति जारी गरेका थिए ।

    शुक्रबारको भेट भने नियमित भेटवार्ताका रूपमा भएको सेनाको भनाइ छ । भेटवार्ताको विस्तृत विषय भने सार्वजनिक गरिएको छैन।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page