धनुषा । नापजाँच सम्पन्न भएको करिब एक दशकपछि धनुषाको सबैला नगरपालिका–११ का ५७ परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। नापी कार्यालय धनुषाले लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारलाई आवश्यक प्रक्रिया पूरा गरी जग्गाधनी पुर्जा वितरण गरेको हो।
साविक मखनाहा गाउँ विकास समिति–६, ७, ८ र ९ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/७३ मै सम्पन्न भएको थियो। नापजाँच सकिए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता तथा प्रक्रिया पूरा हुन नसक्दा पुर्जा वितरणको काम लामो समयदेखि रोकिएको थियो।
विगतमा सम्बन्धित आयोगबाट नापनक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गरी नापी कार्यालयले ५७ थान जग्गाधनी पुर्जा वितरण गरेको हो।
जग्गाधनी पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले आफ्नो जग्गामाथि औपचारिक कानुनी स्वामित्व प्राप्त गरेका छन्।
वर्षौंदेखि आफ्नो बसोबास रहेको जग्गाको स्वामित्व प्रमाणित हुने पुर्जा पाएपछि स्थानीय परिवारलाई जग्गाको कानुनी अधिकार सुनिश्चित हुनुका साथै आगामी दिनमा जग्गासम्बन्धी कारोबार तथा अन्य कानुनी प्रक्रियासमेत सहज हुने अपेक्षा गरिएको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने