काठमाडौं । जनकवि दुर्गालाल श्रेष्ठको मंगलबार अन्त्यष्टि गरिएको छ। ९३ वर्षको उमेरमा आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएका श्रेष्ठको शोभा भगवतीस्थित कर्णदीपमा अन्त्यष्टि गरिएको हो।
अन्त्यष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो। त्यहाँ श्रद्धाञ्जली अर्पणपछि पार्थिव शरीरको नगर परिक्रमा गराउँदै अन्त्यष्टिका लागि शोभा भगवतीस्थित कर्णदीप लगिएको थियो।
श्रेष्ठप्रति गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ तथा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।
नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि श्रेष्ठलाई ‘जनकवि’ उपाधिबाट सम्मानित गरेको थियो। उनी पछिल्ला छ दशकदेखि निरन्तर साहित्य सिर्जनामा सक्रिय रहँदै आएका थिए।
नेपाल भाषासँगै नेपाली भाषामा समेत कविता, गीत तथा अन्य साहित्यिक विधामा कलम चलाएका श्रेष्ठले नेपाली तथा नेपाल भाषा साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका थिए।
उनको निधनसँगै नेपाली तथा नेपाल भाषा साहित्यले लामो समयदेखि सक्रिय एक स्रष्टा गुमाएको छ। साहित्य, भाषा र संस्कृतिको क्षेत्रमा उनले पुर्याएको योगदानलाई स्मरण गर्दै विभिन्न साहित्यिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने